भ्याली पब्लिकलाई उपाधि



 

काठमाडौं, (नेस)
भ्याली पब्लिक र पुष्पसदनले चौथो बृहस्पति कप अन्तरविद्यालय मिनी बास्केटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेका छन्। बृहस्पति विद्या सदनद्वारा आयोजित प्रतियोगिताको गल्र्स फाइनलमा भ्याली पब्लिकले द चाँदबाग स्कुललाई १९–१७ को झिनो अन्तरले पराजित गर्यो।

टोलीको जितमा सुमिना तामाङको आठ अंक योगदान महत्त्वपूर्ण रह्यो। ब्वाइजको उपाधि भिडन्तमा पुष्पसदनले एन्जल्स हार्टलाई २१–१३ ले पाखा लगायो। दिल्सान महर्जनले टोलीको जितमा ८ स्कोर गरे। गल्र्समा चाँदबागकी दिव्या गुरुङ तथा ब्वाइजमा एन्जल्स हार्टका सागर परियार ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए।

प्रतिक्रिया दिनुहोस्