छायाँको विमोचन



 

नेपाल समाचारपत्र
काठमाडौं

युवाकवि भविन लिम्बूको कविता सङ्ग्रह छायाँको हालै विमोचन भयो। नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विष्णुविभु घिमिरे, कवि राधेश्याम लेकाली, निबन्धकार युवराज नयाँघरे, समालोचक महेश पौडेल, कृतिकार भविन लिम्बूले संयुक्त रुपमा छायाँको विमोचन गरेका थिए। छायाँबारे उपकुलपति घिमिरेले भन्नुभयो– ‘नयाँ पन, नयाँ शैली भित्रिएको छ यो छायाँमार्पmत्। आजको कविताले खोजेको खास धार यो कृतिमा भेटिन्छ।’

यसै गरी विमोचित कृतिबारे निबन्धकार नयाँघरेले आफ्नो धारणा राख्नुभयो– ‘छायाँमा देश र परदेश जोड्ने भावनात्मक पुलको निर्माण भएको छ। सरलतामा धेरै बलिया विचार पोखिएको यो सुन्दर कृति हो।’

समालोचक पौडेलले छायाँमा जातीयता र राजनीतिको कुनै पनि छोइछिटो नरहेको विचार पोख्नुभयो। उहाँले भन्नुभयो– ‘कविताको मौलिक स्वाद यसमा छ।’ कृतिका लेखक लिम्बूले आपूm विदेशमा बस्दा पैसाभन्दा पनि साहित्य–कलामा बढी समर्पित भएको धारणा राख्नुभयो। उहाँले भन्नुभयो– ‘कविता लेख्दा मलाई ठूलो सन्तुष्टि हुन्छ। सृजनाले दिने सुख अरूबाट पाइँदैन।’

साहित्यकार लेकालीले भविनका कविताले आफ्नो मौलिक भाव र चरित्रमाथि उठान गरेको बताउनुभयो। उहाँले भन्नुभयो– ‘भविनमा ज्यादै कलात्मक लेखनीका गुणहरू देखिन्छन्।’ लामो समयदेखि हङकङमा रहँदै आएका कवि लिम्बू अनेकौं सांस्कृतिक, सामाजिक, साहित्यिक संघ–संस्थामा आबद्ध हुनुहुन्छ। छायाँ भविनको दोस्रो कृति हो। यसअघि उहाँको हङकङ चसमिस कविता सङ्ग्रह आइसकेको छ।

उक्त अवसरमा बीपी चिन्तन प्रतिष्ठान हङकङका अध्यक्ष कुलप्रसाद गुरुङ, कवि टङ्क सुब्बा, बाबा बस्नेत, सन्ध्या पहाडी, डाक्टर गुनु घर्तीलगायतले आ–आफ्ना मन्तव्य राख्नुभएको थियो। कार्यक्रम अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, नेपाल च्याप्टरले आयोजना गरेको थियो।

प्रतिक्रिया दिनुहोस्