अमेरिकी राष्ट्रपतिलाई किमको व्यंग्य



 

हलिउड स्टार तथा टिभी रियालिटी शोको माध्मबाट चर्चा बटुलिसकेकी नायिका तथा मोडल किम कार्डसियनले केही यस्तो मजाक बनाएकी छिन् कि जुन सुनिरहँदा अरूलाई हाँसो उठे पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भने नराम्रो लाग्न सक्छ।

उनले हालै ४ वर्षीया छोरी नर्थ वेस्टले अमेरिकी राष्ट्रपतिले भन्दा राम्रो तरिकाले देश चलाउन सक्ने बताएकी छिन्। एक हलिउड समाचार एजेन्सीले जनाएअनुसार उनले एक अरबी म्यागेजिन हार्पर बजारको सेप्टेम्बर इस्युका लागि दिएको एक अन्तर्वार्तामा यस्तो बताएकी हुन्। उनले भनेकी छिन्– ‘आजको अमेरिकाको राष्ट्रपतिले जस्तो गरी त जोसुकै मानिसले देश चलाउन सक्छन्। यहाँसम्म कि मेरी ४ वर्षीया छोरीले पनि।’

उनले अन्तर्वार्तामा भनेकी छिन्– ‘आज अमेरिका जुन स्थानमा छ, यो हुनका लागि हामी सबैले धेरै मेहनत गरेका छौं र आज हामीसँग केही चिज छ, जसमाथि हामी गर्व गर्न सक्छौं।’ किम २ छोरीकी आमा हुन् भने अब चाँडै नै सेरोगेसीको माध्यमबाट एक अर्को बच्चाको आमा बन्नेवाला छिन्। उनका पति कान्ये वेस्ट र उनले सेरोगेसीको माध्मबाट बच्चा जन्माउने निर्णय तब गरेका थिए, जब उनी प्लेसेटा एक्रेटा नामक रोगले ग्रस्त थिइन्। यस्तो अवस्थामा बच्चा जन्माउँदा उनको जीवन नै खतरामा पर्ने भएपछि यिनले यस्तो निर्णय लिएकी हुन्।

प्रतिक्रिया दिनुहोस्