फिदिममा फक्ताङलुङ आइडल शुरु



नेपाल समाचारपत्र, पाँचथर ।
लोप हुन लागेका लिम्बु जातिको संस्कृतिमा र आधारित लिम्बु भाषाका मौलिक गीत संगितलाई संरक्षण गर्ने उद्देश्यले पाँचथरको फिदिममा फक्ताङलुङ आइडलको पहिलो चरण शुरु भयो ।
फक्ताङलुङ सयङ केन्द्रिय समितीको आयोजनामा शुरु भएको पहिलो चरणको आइडलमा पाँचथरबाट सहभागी भएका २८ जना मध्ये १९ जनाले छानिएर दोस्रो चरणमा प्रबेश गरेका छन । दोस्रो चरणको अडिसन आगामी असोज ३ गते सुनसरीको धरानमा हुने समितीका अध्यक्ष भवानी सम्बाहाम्फेले बताउनु भयो ।
लिम्बु जातिहरुको बाहुल्यता रहेको पुर्वका ९ जिल्ला र काठमाडौं उपत्यकामा गरी १० स्थानमा हुने सो प्रतियोगितामा प्रथम हुनेले नगद १ लाख ३ वटा गीत रेकर्ड र बिदेश यात्राको अवसर प्रदान गरिने महासचिव कञ्चन थलङले बताउनु भयो ।
प्रतियोगितामा द्वितिय हुनेले ५० हजार नगद पुरस्कार प्रदान गरिने तलङले बताउनु भयो ।
लिम्बु जाति भित्र पाइने संस्कृतीको धरोहरको रुपमा रहेको पालाम, ख्याली, हाक्पारे,केसाम, तुहा र ताम्के जस्ता लिम्बु संस्कृतिका धरा्ेहरहरुलाई बचाउन यो प्रतियोगिताले सघाउ पु¥याउने लिम्बु संस्ककृति अभियान्ता यासेली योङहाङ भन्नुहुन्छ ।
यस अघि गत भाद्र १३ गते ताप्लेजुङको फुङलिङमा सम्पन्न अडिसनबाट ८ जना छनौट भएका थिए भने गत भाद्र ३ गते उपत्यकामा भएको छनौटमा १२ प्रतिष्पधिहरु छनौट भएका थिए । जिल्ला र उपत्यकाबाट छनौट भएकाहरुको दोस्रो चरण धरानमा र फाइनल प्रतियोगिता केही महिना पछि काठमाडौंमा हुने अध्यक्ष सम्बाहम्फेले बताउनु भयो ।

 

प्रतिक्रिया दिनुहोस्