चुरोट पिलाउन सिकाउनेको हत्या



 

नयाँदिल्ली, (एजेन्सी)
घाँटीको क्यान्सर भएको थाहा पाएपछि एकजना भारतीय युवकले आफूलाई चुरोट पिलाउन सिकाउने व्यक्तिलाई गोली हानेर हत्या गरेको प्रहरीले जनाएको छ।

२५ वर्षीय मुस्ताकिम अहमद नामक ती व्यक्तिले आफूलाई चुरोट र गाजाको दुव्र्यसनी बनाउने इनायत नामक सहकर्मी देखेर निकै रिस उठेको बयान प्रहरीलाई दिएका छन्। दि हिन्दुस्तान टाइम्सका अनुसार अहमद पश्चिमी दिल्लीमा रहेको आफ्नो भिनाजुको रेस्टुरेन्टमा काम गर्दै आएका थिए।

त्यही कार्यरत म्यान्मारका इनायतले नै उनलाई धुम्रपानको कारण क्यान्सर लाग्ने गरेको पनि बताएका थिए। तिनीहरू दुवै त्यहाँ सेफको रूपमा कार्यरत रहेका थिए। इनायतले विगत अठार महिनादेखि सो रेस्टुरेन्टमा काम गर्न थालेका थिए।

इनायतले सिकाएपछि मात्र अहमदले जिन्दगीमा पहिलोचोटि चुरोट पिउन सिकेको बताइएको छ। क्यान्सर भएको थाहापाएपछि इनायतलाइ नै मार्ने उद्देश्यले बन्दुक किनेका उनले आफ्नो निशाना खेर नजाओस् भन्ने उद्देश्यले निशानेवाजीको अभ्याससमेत गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ।

प्रतिक्रिया दिनुहोस्