शारीरिक जागरुकताका लागि नाङ्गै सङ्गीतमय स्काइ डाइभिङ



 

सिड्नी, (एजेन्सी)
हवाई जहाजबाट नांगै कुद्नु धेरैका लागि सजिलो नहोला तर अस्ट्रेलियाका एक संगीतकार ग्लेन डोनेलीका लागि यो कारनामा गर्नु विशेष जित थियो।

ग्लेनले आफ्नो ३० वर्षको जन्मदिनमा आपैmसामु एउटा चुनौती राखे। उनी बिना लुगा स्काइडाइभ गर्न चाहन्थे र यस क्रममा भ्वाइलिनका केही धुन बजाउँदै तल झर्न चाहन्थे।

उनले अस्ट्रेलियको न्यु साउथ वेल्समा आइतबार यो अनौठो इच्छा पूरा गरेरै छाडे। स्काइ डाइभिङको क्रममा शुरूमा उनले बेलायती संगीतकार राल्फ वन विलियम्सको धुनबाट गरे र तीव्र वेगमा तल झर्ने क्रममा उनले आफ्नै लागि ‘ह्याप्पी बर्थ डे’को धुन बजाए। उनले बीबीसीलाई भने– ‘यो हावामा उड्ने पक्षीहरूमा आधारित अत्यन्त राम्रो धुन हो र यस अवसरका लागि अन्यन्त उपयुक्त।’


उनले भने– ‘प्यारासुट खुलेपछि धुन बजाउनका लागि म आफू स्वतन्त्र भएको महसुस गरिरहेको थिए। यो पूर्ण स्वच्छन्दताको महसुस थियो।’ डोनेली एक क्लासिकल भ्वायलिन बादक हुन्। उनले न्यु साउथ वेल्सका काफ्स हार्बरमाथि गरेको यो कार्य पुरुषहरूमा शारीरिक जागरुकतालाई बढावा दिने उद्देश्यले गरेको हो।

उनी बेलायतमा छँदा उनको शरीरलाई लिएर टिप्पणी हुने गरेको र सन् २००३ मा उनले बेलायत छोडेका थिए। उनी लन्डनमा सिम्फोनी आर्केस्ट्रामा आबद्ध थिए।

उक्त चुनौतीपूर्ण कामबाट भएको आम्दानीलाई ग्लेनले दुई च्यारिटी संस्थालाई दान गरेको छ भने आफ्नै न्युड मुभमेन्टमा पनि खर्च गर्नेछ। उक्त अभियानले शारीरिक जागरुकता बढाउने काम गर्छ।

प्रतिक्रिया दिनुहोस्