ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, ट्रक चालक फरार



नेपाल समाचारपत्र, बुटवल ।
भारतीय ट्रकको ठक्करबाट बुटवलमा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

बुटवलको मिलनचोकमा बा ४६ प ६३८५ नम्बरको मोटरसाइकललाई भारतीय नम्बर प्लेटको एमएच ०४ इबि ५३७६ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलमा सवार पाल्पा तानसेन नगरपालिका वडा ६ का रुकबहादुर शारुको घटनास्थलमै मृत्यु भएको हो।

शव पोष्टमार्टमका लागि लुम्बिनी अञ्चल अस्पताल बुटवलमा राखिएको छ। ट्रक चालक फरार छन्।

प्रतिक्रिया दिनुहोस्