पर्यटन गन्तव्यको विकासमा जोड



 

काठमाडौं, (नेस)
विश्वमा नेपालका पर्यटन क्षेत्रका गन्तव्यहरूको प्रचार प्रसार कम हँुदा पर्यटन क्षेत्रले गति लिन नसकेकोले सूचना र पर्यटनसँगै अगाडि बढाउनुपर्ने सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले बताउनुभएको छ।

राजधानीमा बुधबार राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज) को चौंथो वार्षिक साधारणसभाको उद्धघाटन गदै मन्त्री बस्नेतले उक्त कुरा बताउनु भएको हो।

मन्त्री बस्नेतले ‘देशको पर्यटन क्षेत्रको विश्व भर सकरात्मक सन्देश प्रवहा गर्नको लागि मन्त्रालयले देशको सूचना प्रवभाको लागि सूचनादूत नियुक्त गर्ने प्रक्रिया अगाडि बढाएको बताउनुभयो। साधारणसभालाई सम्बोधन गर्दै मन्त्री बस्नेतले भन्नुभयो– ‘सञ्चारको सहज विस्तार नहँुदा पर्यटकले समस्या भोग्नु परेकाले सही सूचना सही समयमा पुर्याउन मन्त्रालय लागिपरेको छ।’

संस्थाका अध्यक्ष शिव अधिकारीले देशको पर्यटकीय गन्तव्यहरूको विश्वभर सञ्चार प्रवाह गर्नको लागि सूचना मन्त्रालयमार्फत् सरकारले पहल गर्न आग्रह गर्नुभयो।

नाटोजको विराटनगर र चितवन च्याम्टरको घोषणासमेत गरेका थिए। कार्यक्रममा वरिष्ठ रेडियो पत्रकार कृष्ण ताम्राकार र रातोपाटी अनलाइनका सञ्चारकर्मी राजकुमार सिग्देललाई नाटोज पर्यटन पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो। १० हजार राशीको उक्त पुस्कार सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले हस्तान्तरण गर्नुभयो।

पत्रकार कृष्णा ताम्राकारले पुरस्कारवापत पाएको १० हजार संघको कोषमा दाखिला गर्नुभयो। संघले २ लाख रुपियाँको नाटोज कल्याणकारी कोषको समेत स्थापना गरेको छ।

प्रतिक्रिया दिनुहोस्