ठूला दलका एक तिहाइ मान्छे विदेशी एजेन्टः बिजुक्छे



 

नेपाल समाचारपत्र
भक्तपुर
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेपाललाई हेर्ने भारतको दृष्टिकोण सिक्किमलाई झैं भएको बताउनुभएको छ। रफत सञ्चार क्लबले बुधबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै बिजुक्छेले नेपालमा भइरहेको भारतीय शासक र भारतीय राजदूतावासको दबाब देशको लागि चिन्ताको विषय भएको बताउनुभयो।

उहाँले ठूला पार्टीका एक तिहाइ केन्द्रीय सदस्य विदेशी एजेन्टका रूपमा काम गरिरहेको आरोप लगाउनुभयो।नेपालका हरेक निर्णय गर्दा नेपालीले भन्दा पहिले नै विदेशीहरुले जानकारी पाउनु र पूर्वयोजनाअनुसार काम गर्न सफल हुनुमा हरेक ठूला दलहरुका तिनै एक तिहाइ नेताहरु विदेशी एजेन्टहरुको भूमिकामा रहनु प्रमुख कारण रहेको बताउनुभयो।

उहाँले प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणमा दिएको अभिव्यक्ति संसद्को मर्यादा विपरीत रहेको र के बोल्ने भन्ने बारे जानकारीसमेत प्रमलाई नरहेको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्