एपीएफलाई रोबोट



????????????????????????????????????

 

नेपाल समाचारपत्र
काठमाडौं
जीबीएस (गणेशविक्रम सिंह) ग्रुप काठमाडौंले सशस्त्र प्रहरी बल नेपाललाई एउटा सर्भिलेन्स रोबोट प्रदान गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा बुधबार आयोजित एक कार्यक्रमबीच सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठलाई सो ग्रुपका इन्जिनियर गणेशविक्रम सिंह आले र इन्जिनियर यज्ञप्रसाद देवकोटाले उक्त रोबोट हस्तान्तरण गर्नुभयो।

विपद् व्यवस्थापनको कार्यमा सशस्त्र प्रहरी बल नेपालको भूमिका सराहनीय रहेको भन्दै सो ग्रुपले विपदमा विभिन्न बस्तुस्थितिका बारेमा जानकारी दिन सक्ने उक्त रोबोट एपीएफलाई प्रदान गरेको हो।
सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठले सो अवसरमा विपद्लगायतका घटनामा खोजी तथा उद्धार कार्यमा यस्ता उपकरण उपयोगी रहने उल्लेख गर्नुहुँदै यस रोबोटको प्रयोगबाट सशस्त्र प्रहरी बल नेपालको व्यावसायिक कामकारवाहीमा सहयोग पुग्ने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्