श्वेताको फाउन्डेसनमार्फत बस्तीलाई सहयोग



 

नायिका श्वेता खड्काको संयोजकत्वमा उनी र उनका नायक तथा निर्माता पति स्व. श्रीकृष्ण श्रेष्ठको श्वेताश्री फाउन्डेसनद्वारा निर्माणाधीन एकिकृत नमुना माझी बस्ती विकास परियोजनालाई बंगलादेशको स्थापित ढाका क्लबले बीस लाख रुपियाँ सहयोग गरेको छ।

मंगलबार सिन्धुपालचोकस्थित माझी बस्तीमै पुगेर क्लबका कार्यकारी अधिकृत जाहिरुल आलिमले श्वेताश्री फाउन्डेसनका सल्लाहकार प्रेम खत्रीलाई उक्त रकमको चेक हस्तान्तरण गरे।

चेक बुझ्दै सल्लाहकार खत्रीले ढाका क्लबबाट प्राप्त रकम सदुपयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै धन्यवाद दिए। अधिकृत आलिमले गत ०७२ वैशाख १२ गते गएको भूकम्पले माझी बस्तीलाई पुर्याएको क्षति देखेर आर्थिक सहयोग गरेको बताए।

फाउन्डेसनकी अध्यक्ष नायिका श्वेता खड्का भने फिल्म कान्छीको मुस्ताङमा सुटिङ भइरहेका कारण बस्तीमा जाँन सकिनन्। पति स्व. श्रीकृष्ण श्रेष्ठ जन्मेको सिन्धुपाल्चोकको झ्याडी माझी टोल पुगेपछि श्वेताले उक्त भूकम्प प्रभावित बस्ती बनाउने वचन दिएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्