लुम्बिनी अञ्चल अस्पतालमा ४३ सयलाई निशुल्क सेवा



यमलाल भुसाल,बुटवल ।
लुम्बिनी अञ्चल अस्पताल बुटबलमा ११ महिनाको अवधीमा ४ हजार २ सय ९८ जना लक्षित समुहले निशुल्क सेवा लिएका छन ।
लुम्बिनी अञ्चल अस्पताल बुटबलको सामाजीक सेवा ईकाईले निशुल्क औषधी तथा अन्यसेवा उनीहरुलाई परिचयको आधारमा निशुल्क सेवा दिएको जनाएको छ ।

सेवा लिनेमा गरिब २ हजार १ सय असहाय २२ ,लैगीक हिसा प्रभाबित ४ जेष्ठ नागरिक १ हजार ८ सय ६८ महिला स्वास्थ्यस्वयम सेबिकास ५३ जना कुपोषित ११ जना सहिद परिवार ५ जना दैबिकप्रकोप प्रभाबित १३ जना थुनुवा १० जना दुघटनामापरि उपचारमा समस्या भएको १ गरि जम्मा ४ हजार २ सय ९८जनाले सेवा लिएको सामाजीक सेवा ईकाई प्रमुख दया सागर पन्थीले बताउनु भयो ।

तिमध्ये २ हजार ३ जना महिला २ हजार २ सय ९५ जना पुरुष र १ जना लोपन्मुख रहेको प्रमुख पन्थीले बताउनु भयो ।

अस्पतालले अहिले सम्म ति लक्षित बर्गलाई ५३ लाख ३ हजार १ सय आठ रुपैयाको औषधी लगायतका अन्यसेवा दिएको छ ।

ईकाई प्रमुख पन्थीका अनुसार गरिवले सेवा पाउनको लागी गाउ नगरपालिका र वडाको सिफारीस जेष्ठनागरिकले बृद्धाभत्तापाउने काड नागरिक्ता लगायतको उमेर खुल्ने परित्रयपत्र महिलास्वयम सेबिका लगतले परिचयपत्र वा परिचयपत्रको आधारमा सेवा दिएको छ ।

अस्पतालले गत बर्ष को भाद्रवाट सामाजीक सेवा ईकाई सुरु गरेको हो ।

प्रतिक्रिया दिनुहोस्