प्रहरीमा एसएसपी पद घटाउने तयारी



नेपाल समाचारपत्र,काठमाडौं

सरकारले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदको दरबन्दी खारेज गर्ने र प्रहरी नायब महानिरीक्षक पद (डिआइजी ) को दरबन्दी यथावत कायम गर्ने तयारी गरिरहेको छ।

बुधवार बसेको मन्त्रिपरिषद्को बैठकमा यस बिषयमा छलफल भएको सरकारका प्रवक्ता मोहन बहादुर बस्नेतले जनाएका छन्। छलफल मात्रै भएको तर यसबारे कुनै पनि आधिमकारीक निर्णय भइनसकेको उनले जानकारी दिए।

हाल नेपाल प्रहरीमा ७७ जना एसएसपी र प्राविधिक सहित गरेर ३४ जना डिआइजीको दरवन्दी रहेको छ। संघीय संरचनामा जानासाथ प्रहरीको थप सङ्ख्या आवश्यक पर्ने देखिएको हो।

संघीय प्रहरी ऐन लागू भएसँगै प्रहरी सङ्ख्या बढाउने गृहकार्य भइरहे पनि कुन दर्जामा कति प्रहरी थप हुने भन्ने यकिन नभइसकेको नेपाल प्रहरीका प्रवक्ता मनोज न्यौपानेले बताए।

प्रतिक्रिया दिनुहोस्