गुल्मीमा खन्जना नाच र गीत संरक्षण अभावमा



अनिल खत्री,गुल्मी ।
मालिका गाँउपालिका वडा नं. १ नेटामा रहेको खन्जना गीत तथा नाचको उचित संरक्षण हुन नसक्दा लोपउन्मुख अवस्थामा पुगेको छ ।

तिजको अबसरमा खन्जना मात्र गाउने र नाच्ने तर अघिपछि खन्जनाको खासै वास्ता नहुने र युवा पुस्तामा सिको नहुदा लोप हुन थालेको स्थानिय ढालबहादुर बोहराले बताए ।

यसको व्यापक प्रचार प्रसार नहुदा तथा उचित व्यवस्थापन गर्न नसक्दा खन्जना दिनप्रतिदिन विस्तारै लोप भई ओझेलमा पर्न थालेको युवा समाजसेवी बोहोराको भनाई छ । मगर समुदायमा केन्द्रित खन्जना आफ्ना पुराना पुर्खाले गाँउदै आएको स्थानिय बताउछन्

खन्जनामा भगवान तथा देवीदेवताका गीतहरु महिला र पुरुषले सामूहिक रुपमा खन्जना गाउने र नाच्ने गरिन्छ ।

पछिल्लो समयमा युवा पुस्ताहरु पुरानो मौलिक संस्कृति भन्दा पनि आधुनिकता तर्फ बढि आर्कषित हुन थालेपछि पुरानो मौलिक संस्कृति खन्जना ओझेलमा पर्न थाले हो ।
पुरानो मौलिक संस्कृति खन्जनाको संरक्षणमा लागि परेता पनि दिगो रुपमा खन्जना जोगाउन धौ–धौ भएको समेत युवा समाजसेवी बोहोराले बताए । जिल्लाकै एक मात्र ठाँउ नेटामा खन्जना गाउने प्रचलन रहेको छ ।

जिल्लाको अयन्त्र कहि कतै ठाँउहरुमा पनि खन्जना नभएकोले आफ्नो ठाँउमा मात्र खन्जना रहेकाले संरक्षण गर्नुपर्नेमा खन्जना जानकार युवा बोहोराको भनाइ रहेका छ ।

प्रतिक्रिया दिनुहोस्