राजधानीको फोहोर दुईदिनभित्र व्यवस्थापन भैसक्ने बचन



लतिलपुर महानगरपालिकाको कार्यालयनजिकै थुपारिएको फोहोर र नाक थुन्दै हिँडेकी एक महिला। तस्वीरः रवि महर्जन⁄काठमाडौं

ईश्वरराज ढकाल, काठमाडौ ।
स्थानीयवासी र काठमाडौं महानगरपालिका बीच सहमति भएपछि बुधबारबाट उपत्यका लगायत १८ वटा स्थानीय निकायको फोहोर सिसडोल स्थित ल्याण्डफिल साइटमा व्यवस्थापन हुन थालेको छ ।

गत मंगलबार स्थानीय र कामपा बीच सहमति भएपछि बुधबारबाट फोहोर व्यवस्थापन हुन थालेको हो । बिहान कामपा ,ललितपुर महानगरपालिकाको फोहोर बोकेका कन्टेनरहरु सिसडोल पुुगेका छन् ।

बाटो मर्मत गर्ने ,लामोसमयदखि रोकिएको मुआब्जा वितरणलाई स्थानीय निकायबाट अघि बढाउने, फोहोर लैजादा बाटोमा खसाल्ने कार्य रोक्ने, ल्याडफिल साइटमा नियमित औषधी छर्कने,फोहोर व्यवस्थापन गरेको स्थानमा ग्याबिन गर्ने लगायतका विषयमा भद्र सहमति भएपछि बुधबारबाट फोहोर व्यवस्थापन सुचारु भएको हो ।

कामपाका वातावरण व्यवस्थापन विभाग प्रमु रविनमान श्रेष्ठले सहमति भए लगत्तै राजधानी लगायत उपत्यकाका सबै फोहोर सिसडोल लैजान शुरु भएको जानकारी दिनुभयो । आठदिन देखि फोहोर व्यवस्थापन हुन नसक्दा विषेशगरी काठमाडौ र ललितपुरका सडक गल्ली जताततै फोहोर थुप्रिएको थियो ।

अब दुई दिनभित्र राजधानी सबै स्थानको फोहोर व्यवस्थापन भैसक्ने श्रेष्ठको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस्