यातायात ब्यवसायी सदस्यका परिवारलाई एक लाख रुपियाँ राहत हस्तान्तरण



हेटौंडा,(नेस) ।

नारायणी यातायात ब्यवसायी संघ मुख्य कार्यालय हेटौंडाले करेन्ट लागेर मृत्यु भएका आफ्ना यातायात ब्यवसायी सदस्यका परिवारलाई एक लाख रुपियाँ राहत हस्तान्तरण गरेको छ ।

संघआवद्ध ब्यवसायी हेटौंडा–१९, सान्नानीटारका उत्तमसिंह ठकुरीको परिवारलाई सोमबार एक लाख रुपियाँ हस्तान्तरण गरिएको संघ महासचिव सरोज खनालले बताए ।

संघको साउन १ गतेको बैठक निर्णयअनुसार सदस्य व्यवसायीको मृत्यु भएकोले राहतस्वरुप रकम हस्तान्तरण गरिएको हो । मृतकका दाजुलाई संघ महासचिव खनाल र संघ सल्लाहकार हीरालाल श्रेष्ठले रकम हस्तान्तरण गरेका थिए ।

भदौ ३ गते व्यवसायी ठकुरीको विद्युत् हाइभोल्टेजका कारण करेन्ट लागेर मृत्यु भएको थियो । ना. ५ ख ८४८६ नम्बर सवारीधनी ठकुरीका पत्नी, एक छोरा र एक छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्