‘ब्रेक्जिट’ को त्राससँगै बेलायती प्रधानमन्त्रीको जापान भ्रमण, भ्रमण आर्थिक मुद्दामा केन्द्रित हुने जानकारी



टोकियो, १४ भदौ । बेलायतका प्रधानमन्त्री थेरेसा मेले बुधबारदेखि जापानको भ्रमण सुरु गर्नुभएको छ । उहाँले बेलायतको ब्रेक्जिटको त्राससँगै बेलायतको भ्रमण सुरु गनुभएको बताइएको छ ।

उहाँ बुधबार ओसाका आइपुग्नुभएको छ । उहाँ यसपछि मात्र जापानको राजधानी टोकियो पुग्नुहुने कार्यक्रम रहेको छ । उहाँ विश्वको तेस्रो ठूलो अर्थतन्त्रसँग स्वतन्त्र व्यापारसम्बन्धी वार्ताका लागि यहाँ आइपुग्नुभएको बताएको छ ।

तीन दिने भ्रमणका क्रममा उहाँ बुधबार ओसाका पुग्नुभएको छ । उहाँ तीन दिनसम्म नै यहाँ टोयोटा कम्पनीका अध्यक्षसँग द्विपक्षीय व्यापारसम्बन्धी वार्तामा सहभागी हुनुहुने ओसाकाबाट विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।
उहाँले जापानमा रहँदा प्रधानमन्त्री सिन्जो आबे र यहाँका सम्राट अकिहितोसँग भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको पनि समाचारमा जनाइएको छ ।

बेलायतमा एक हजार भन्दा बढी कम्पनीले उत्पादनको काम गरिरहेका छन् । त्यसैगरी त्यहाँ १ लाख ४० हजार जति जापानी पनि विभिन्न रोजगारमा संलग्न रही आएका छन् ।

यीमध्ये टोयोटा लगायतका कम्पनीहरुले बेलायतमा निकै ठूलो परिमाणमा व्यापार गर्ने गर्दछन् । उनीहरुको यहाँको उत्पादन जापानी बजारमा गरिने तथा निकासी पनि हुने गरेको छ । जापानमा निर्माण हुने आइफोनका लागि चिप्सहरुको उत्पादन जापानी कम्पनीले बेलायतमा उत्पादन गर्ने गरेका छन् ।

जापानका प्रधानमन्त्री आबेले यसैबर्ष जापानको भ्रमण गर्नुभएको थियो । उहाँले जापान र बेलायतका ब्यापारको परिमाणलाई बढाउन के कसरी सकिन्छ भन्ने बारेमा पनि सो भ्रमणका क्रममा कुराकानी गर्नुभएको थियो ।

उत्तर कोरियाले जापानको समुद्रमा क्षेप्यास्त्र खसालेको भोलिपल्ट बेलायती प्रधानमन्त्री मेले जापानको भ्रमण सुरु गर्नुभएको छ । उहाँले जापान पुगेपछि दिनुभएको प्रतिक्रियामा उत्तर कोरियाको सो कार्य निन्दनीय छ भन्नुभएको छ ।

उहाँले यस्तो अवैध र अन्तर्राष्ट्रिय समुदायलाई नै चूनौति दिएर गरिएको यस्तो उत्तेजक क्रियाकलापहरुका बिरुद्धमा जापानलाई साथ दिने र एक भएर लड्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभएको थियो ।

बेलायत यसअघिको प्रतिबद्धता बमोजिम युरोपेली युनियनबाट बाहिरिने समय नजिकिँदै छ । यस्तो अवस्थामा उहाँले विश्वको तेस्रो ठूलो अर्थतन्त्रका रुपमा रहेको जापानको भ्रमणलाई अर्थपूर्ण रपमा हेरिएको छ । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्