नाडा अटो शो शुरू



 

नेपाल समाचारपत्र
काठमाडौं
नाडा अटो शोको १२औं संस्करण मंगलबारदेखि राजधानीमा शुरू भएको छ। नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले आयोजना प्रत्येक वर्ष आयोजना गर्दै आएको छ। मेलाको भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरले उद्घाटन गर्नुभयो ।

मन्त्री बलायरले उद्घाटन सत्रलाई सम्बोधन गदै भन्नुभयो– ‘अतिआश्यक बन्दै गएको सवारी साधनको स्तरोन्नती र विकासलाई सरकार सम्वेदनशील रहेको बताउनुभयो। उहाँले वातावरणमैत्री सवारीलाई प्राथमिक्ता दिनुपर्ने बताउँदै मन्त्री बलायरले व्यवसायीलाई नाफमुखी मात्र नभई देशको लागि समेत सोच्नुपर्ने र विद्युतीय सवारीमा जोड दिनुभयो।

मेलामा साना ठूला गरी १३० वटा स्टल रहेको आयोजक संयोजक शम्भु दाहालले बताउनुभयो १६ वटा ब्रान्डका ४ पाग्रे, १९ वटा ब्रान्डका २ पाग्रे र ६ वटा ब्रान्डका सवारी साधनको स्टल मेलामा रहेको छ। ४ ब्रान्डका टायर, ४ ब्रान्डका ब्याट्री र ग्यारेज इक्वीपमेन्ट पनि राखिएको जनाएको छ। सवारी साधनको बृहत् प्रदर्शनी रहेको मेलामा विभिन्न कम्पनीहरूले आफना नयाँ २ दर्जन सवारी वजारमा सार्वजनिकसमेत गर्ने छन्।

नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले एकै थलोमा सबै क्रेता बिक्रेताको जमघट हुने भएकाले अटो क्षेत्रको लागि मेला दशैं सावित भएको बताउनुभयो। उहाँले राजस्वमा वृद्धि र रोजगारीको अवसरमा समेत वृद्धि हँुदै गएकाले सरकारले बढेको अन्तःशुल्क र भन्सार हटाउनु माग गर्नुभयो।

नाडाका अध्यक्ष अन्जन श्रेष्ठले मेलाले नयाँ तथा पुरानो अटोमोबाइलको जानकारी लिनको लागि मेला सहयोगी हुन विश्वास व्यक्त गर्दै देशमा प्रदर्शनी भवनको नरहेकाले सरकारले जग्गा दिएमा सार्वजनिक, निजी, साझेदारीमा निजी क्षेत्र तयार रहेको बताउनुभयो।

मेलामा उद्योग बाणिज्य महासघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले अटो क्षेत्रको वृद्धिबिना अर्थतन्त्र बढ्न सक्दैन भन्दै सवारी साधनको क्षेत्रबाट नै देशको विकास सम्भव रहेको बताउनुभयो। सवारी साधन अतिआवश्यक बन्दै गएको समेत बताउनु भयो।

छ दिनसम्म चल्ने मेलामा झण्डै ५० हजारले अवलोकन गर्ने र ५ अर्ब रुपियाँको कारोबार हुने आयोजकले अनुमान गरेका छन्। ग्लोबल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेज प्रालिको संयुक्त आयोजनामा गरेको हो।

प्रतिक्रिया दिनुहोस्