शुभांशु मास्टर नेपाल



 

नेप्लिज फेसन होमद्वारा राजधानीमा सम्पन्न १०औं संस्करणको मास्टर नेपाल–२०१७ को उपाधि शुभांशु पन्तले जितेका छन्। ७ देखि १३ वर्ष उमेर समूहका बालक तथा किशोरहरुको प्रतियोगितामा प्रयास थापा फस्ट र रोहित कर्माचार्य सेकेन्ड रनर्सअप भए।

सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतको प्रमुख आतिथ्यमा सम्पन्न प्रतियोगितामा रितेश शाही मास्टर ट्यालेन्ट, सोलंकर थापा र शुभांशु पन्त सोसल वेलफेयर एम्बासडर, प्रयास थापा मास्टर फोटोजेनिक भए। प्रतियोगितामार्फत् बालक तथा किशोरहरुको प्रतिभा प्रस्फुटन गराउने उद्देश्य लिएको आयोजक संस्थाकी प्रमुख हेमा मानन्धरले बताइन्।

प्रतियोगिताको क्रममा प्रतिस्पर्धी बालकहरुले अभिनय, नृत्य, गीतसहितका प्रतिभासमेत प्रदर्शन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्