इमा वाट्सन बेलायतीको पहिलो रोजाइमा



बेलायतमा गरिएको एक नयाँ सर्वेक्षणमा हलिउड अभिनेतृ इमा वाट्सन किशोर–किशोरीलाई प्रेरणा दिने र प्रभाव पार्ने सेलिब्रेटीको सूचीको पहिलो नम्बरमा परेकी छिन्। द ब्युटी एन्ड विस्ट फिल्मकी २७ वर्षीया नायिका वाट्सनले चर्चित सेलिब्रेटीहरु चेरिल, बियोन्से, जयान मलिकलगायतलाई पछि पारेको मेट्रो को यूकेले जनाएको छ।

महिला र पुरुष गरी छनोट गरिएको ४३ जना कलाकारलाई पछि पार्दै इमा वाट्सन पहिलो नम्बरमा परेकी हुन्। उक्त सूचीमा संगीत, फिटनेस व्यक्तित्व, युट्युब र वास्तविक जीवनमा सक्रिय विभिन्न क्षेत्रका सेलिब्रेटीको नाम समावेश गरिएको थियो।

यो सर्वेक्षण युवा सशक्तीकरण कार्यक्रमअन्तर्गत नेसनल सिटिजन सर्भिस (एनसीएस) ले गरेको थियो। जसलाई आईसीएमले सञ्चालन गरेको थियो। उक्त सर्वेक्षणमा बेलायतका १ हजार युवायुवतीले भाग लिएका थिए। मेट्रो को यूकेले जनाएअनुसार सहभागीमध्ये धेरैले इमा वाट्सनको नारीवादी विचारबाट प्रेरित भएको बताएका थिए।

प्रतिक्रिया दिनुहोस्