तमुधिं यूकेले आयोजामा नेपाली मेला २०१७ सम्पन्न



बाचस्पति रेग्मी
केम्पटन पार्क, लण्डन । हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव नाराका साथ तमुधिं यूकेले आयोजा गरेको यस बर्षको नेपाली मेला २०१७ भव्य एवम एेतिहासीक रुपमा सम्पन्न भयो।

आइतवार लण्डनस्थित केम्पटन पार्क रेसकोर्समा भयको सो समारोहमा १०औं हजार नेपाली तथा विदेशी पाहुनाको सहभागितामा थियो । सो भब्य रुपमा सम्पन्न मेलामा विभिन्न संघसंस्थाको प्रतिनिधिहरुले नेपाली कला, संस्कृति झल्किने झाँकी निकालेका थिए। बेलायतका लागि नेपाली राजदूत महामहीम डा दुर्गाबहादुर सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न सो मेलाको अध्यक्षता तमुधी युकेका अध्यक्षता ज्ञाम गुरुड्गले गर्नु भयको थियो भने कार्यक्रम संयोजक तमुधी युकेका उपाध्यक्ष हितकाजी गुरुड्ग रहनु भयको थियो ।

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रीय परीषदका अध्यक्ष शेष घले विशिष्ट अतिथिका रुपमा उपस्थीती रहनु भयको मेलाको बेलायतस्थित नेपाली राजदूत महामहीम डा. दुर्गाबहादुर सुवेदीले उद्घाटन गरेका थिए। गत बर्ष भन्दा यस बर्ष एेतिहासीक हुनुमा भब्य सफलताको लागि बेलायतको प्रमुख प्रतिपक्ष दल लेवर पार्टीका नेता जेरमी कोरविनले भिडियो शुभकामना पठाई नेपाली प्रती खुसीयाली मनाउनु पनि हो, अर्को कुरा मेला हेर्न बेलायतस्थित १६ देशका कूटनीतिक नियोग प्रमुख तथा उपप्रमुख उपस्थीत हुनु हो, जस्ले गर्दा मेलामा भयको हाम्रो प्रदर्सनले नेपालको पर्यटन बिकासमा ठुलो प्रचार प्रसार हुन पुगेकोछ ।

हाम्रो अर्को गौरवको कुरा बेलायतका विभिन्न शहर र यूरोपका बिभिन्न देशबाट हजारौंको संख्यामा नेपाली सहभागी हुनु र स्टेडियम पाहुनाहरु, नेपालीहरुले भरिभराउ हुनु हो। नेपाली मेलाको अवसरमा संबोधन गर्नु हुदै राजदूत डा। सुवेदीले नेपाल एक बहुभाषी, बहुजाति, बहुसंस्कृति अखण्ड र स्वतन्त्र मुलुक भएको चर्चा गर्दै हिमाल, पहाड, तराई, स्वेदश विदेश जहाँ भए पनि हामी नेपाली सयौ थुङ्गा फुलको एउटैमा माला भयको र नेपाली संस्कृतिले नेपालीको एकतालाई सुन्दर मालाको रुपमा उनिएको बताए।

उनले विविधतामा एकता नेपालीहरुको बिषेशता भन्दै नेपालमा जस्तै बेलायतमा विविधता रहेको बताउदै विविधता बीचको एकतालाई जोगाउनु पर्ने उनको धारणा थियो। सो अबसरमा सहिष्णुता र एकता हुनु पर्ने धारणा राख्नु हुदै तमुधि यूकेले नेपाली दूतावासको सहकार्यमा आयोजना गर्ने नेपाली मेलाले विदेशमा बहुसंस्कृतिको नमुनाको रुपमा स्थान पायको बताउनु भयो।

कार्यक्रमलाई सम्वोधन गर्दै अर्का बिशीष्ट पाहुना गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले नेपालमा गयको भूकम्प र बाढी पहिरोको बेला विदेशमा बस्ने नेपालीले खेलेको भूमिकाको प्रशंसा गरे।

उनले मातृभूमिलाई दुःख पर्दा साथ दिने र सम्मृद्धिको यात्रामा सहकार्य गर्नु नै नेपालीको लागि नेपाली भन्ने नाराको सही कार्यान्वयन भएको बताए। गोरखा लाप्राकको पुननिर्माण र सप्तरीको बाढी पीडितका लागि राहत वितरण गर्दै दुखमा परेका नेपालीलाई सहयोगमा खटेका घले नेपाली मेलामा पहिलो पटक सहभागी हुन शनिवार बेलायत आइपुगेका हुन्।

उनले बाढी पीडित र भुकम्पको बेला तराई ,पहाड , हिमालमा काम गरेको अनुभव सुनाउँदै भने एकताको लागी हामी सधै तयार छौ । हामीकहाँ सिस्टम रहेनछ । विपतको लागि पूर्वतयारी रहेनछ।त्यसकारण दैवीप्रकोप ब्यवस्थापन राम्रोसंग नभयकोहो । उनले थप्दै भने गैरआवासीय नेपाली संघजस्तो संस्थालाई सरकारले सहजीकरण गर्ने संयन्त्र बनाय गैरआवासीय नेपाली संघ जस्तो संस्थालोई बलियो बनाए दुःख परेको बेला मातृभूमिलाई सहयोग गर्न सकिने उनको भनाइ थियो। उनले संस्थागत संरचनालाई बलियो बनाउन आफुले भिजन २०२० एण्ड बियोण्ड भन्ने नयाँ भिजन र कार्ययोजना गैरआवासीय नेपाली संघमा ल्याएको दाबी गरे।

अध्यक्ष घलेले गैरआवासीय नेपाली संघका तर्फबाट मेला सफलताको शुभकामना दिए । सो अवसरमा हालै नेपालमा भयको बाढीपीडितको सहयोगका लागि नेपाली मेलामा संकलित १० लाख रुपैयाँ गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले मार्फत पिडीतलाई राहत पुर्याउन घलेलाई हस्तान्तरण गरिएको थियो। मेलामा सहभागी बिभिन्न २७ वटा सहभागी झाँकीहरु मध्यको उत्कृष्ट झाँकी लमजुड्ग समाज युकेको र नृत्यमा पनि लमजुङ समाज यूकेले राम्रो प्रर्दशन गर्दै निर्णायक मंडलबाट प्रथम घोषित भयकोले घोषीत एम्वेस्डर कप २०१७ को उपाधि जितेको थियो र ११०० नगद पुरुष्कार समेत जितेको थियो।राहल ड्र समेत भयको सो कार्यक्रममा महामहीम राजदुत, एनआरएन अन्तराष्ट्रीय अध्यक्ष शेष घले, एनआरएन युके अध्यक्ष मुछेन्द्र गुरुड्ग र तमुधी युके अध्यक्ष ज्ञाम गुरुड्गले पुरुष्कार बितरण गर्नु भयको थियो ।

नेपाली राजदुतावासका डिपुटी चिफ अफ मीसन सरद राज आरन, तमुधी युकेका पुर्व अध्यक्षज्युहरु, एनआरएन युकेका पुर्व अध्यक्षज्युहरु, बेलायतस्थीत नेपाली संघसंस्थाका प्रमुख ज्युहरु, समाजसेवीहरु, पत्रकारज्युहरु, फोनीज पत्रकार महासंघका केन्द्रीय अध्यक्ष डण्ड गुरुड्ग, उपराष्ट्रपतिका प्रेष संयोजक मनोज घर्ती , पर्यटन बोर्ड युके शाखाका पशुपति भण्डारी, नौमती बाजा र १०औं हजारको उपस्थीतीउक्त मेला धुमधाम चलेको र मौषम पनि घाम लागेर अनुकुल थियो ।

तमुधी युकेका महासचीव कृष्ण गुरुड्ग, सुर्य गरुड्ग, योगेस गुरुड्ग,युनील गुरुड्ग, रोसनी गुरुड्ग, मीडीया सेक्रेटरी रोहीत गुरुड्ग समेतले मेहनतका साथ संचालन गरेको सो कार्यक्रम सुरक्षीत देखीन्थ्यो । गाडी पार्कीड्ग, प्रवेस ब्यवस्था सजीलो र सभास्थल खुला मनोरंजन हुने ब्यवस्थीत शीतलपाटी डटकमले पायको थियो । लाइभ भीडीयो, फोटो खीचेर मज्जा लिनेको अर्कै मजा देखीन्यो भने फुडस्टलमा खानेहरु देख्दा राष्ट्रीय पर्व कै भान दिईरहेको थियो । भेषभुषा नेपाली आफ्नोपन र भेटघाट धेरै हुदा आत्मीयता प्रकट भयको देखीदा कतै ६ महीनामा अर्को मेला पनी आयोजना गराउने झल्काउने अविस्मरणीय थियो ।

त्यस्तै मेलाको अवसर पारेर गोर्खा सैनिक सेवामा रहेर सगरमाथाको सफल आरोहण गर्ने ५ जना र एभरेस्ट म्याराथुन धावकहरुलाई सम्मान गरिएको थियो।मेलामा ४० वटा व्यवसायिक स्टल राखिएका थिए । जस्ले नेपाल सास्कृतीक पर्यटकीय देश भयको पुष्टी गरेको देखीन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्