टाइम्स र न्यु जेनिथ अन्तिम १६ मा



काठमाडौं, (नेस)
टाइम्स र न्यु जेनिथ आठौं बर्नहार्ट कप अन्तरकलेज बास्केटबल प्रतियोगिताको ब्वाइजमा सोमबार अन्तिम १६ मा प्रवेश गरेका छन्।

टाइम्सले ज्ञान निकेतनलाई ४८–४२ ले पराजित गर्यो। टाइम्सका निमा तेन्जिङले १८ अंक जोडे। अनिक केसीको १९ अंक सहयोगमा न्यु जेनिथले साउथ वेस्टर्नलाई ३९–३४ ले हरायो। ब्वाइजमै लिभरपुलले एसियनलाई ८१–२३, ग्रिनफिल्डले लिटिल एन्जल्स (एलए) लाई ३९–३२ तथा ह्वाइटहाउसले नाइटिङगेललाई ३९–२८ ले निरास पारे।

काठमाडौं बर्नहार्ट कलेजद्वारा आयोजित प्रतियोगिताको गल्र्समा जेभियर इन्टरनेसनल कलेजले विजयी शुरूआत गरेको छ। जेभियरले एलएमाथि ५४–११ को सहज जित दर्ता गर्यो।

प्रतिक्रिया दिनुहोस्