शारीरिक सुगठन टोली फर्कियो



 

नेपाल समाचारपत्र
काठमाडौं
दक्षिण कोरियाको सिओलमा सम्पन्न ५१औं एसियाली शारीरिक सुगठन च्याम्पियनसिपका कांस्य विजेता कमल भण्डारीसहितको नेपाली टोली आइतबार स्वदेश फर्किएको छ।

उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलामा नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका उपाध्यक्ष दिनेश राजभण्डारी, महासचिव राजन श्रेष्ठलगायतले स्वागत गरे। कमलले पुरुष ५५ केजीमा कांस्य जितेका थिए।

अगष्ट २० देखि २६ तारिखसम्म भएको उक्त प्रतियोगितामा कमलसहित ४ खेलाडीले सहभागिता जनाएका थिए। पुरुष ७० केजीमा अशोक महर्जन, ७५ केजीमा गत संस्करणका स्वर्ण विजेता महेश्वर महर्जन र १७० सेन्टीमिटर उचाईभन्दा माथिको स्पोर्ट्स फिजिकमा विजयत्तम वज्राचार्य तथा महिला १६० सेन्टिमिटर उचाईसम्म एथ्लेटिक फिजिकमा निर्मला महर्जन (खड्का) ले प्रतिस्पर्धा गरेका थिए। चारै पदकविहीन रहे। समग्रमा विजयत्तम पाँचौं र निर्मलाले चौथो स्थान हात पारेका थिए।

प्रतिक्रिया दिनुहोस्