एपिएफका किक बक्सिङ खेलाडी निकेशलाई लेलेमा सम्मान



नेपाल समाचारपत्र, काठमाडौं ।
एपिएफका किक बक्सिङ खेलाडी निकेश श्रेष्ठलाई ज्ञान कुण्ड युवा क्लब लेलेले सम्मान गरेको छ ।

क्लबले हरितालिका तीजको अवसरमा गरिएको साँस्कृतिक कार्यक्रममा एसियन कि बक्सिङ च्याम्पियनसिपमा कास्य पदक हासिल गरेको भन्दै निकेशलाई सम्मान गरिएको हो ।

निकेशले अप्रिल २४–३० सम्म तुर्कि्मिनिस्तानको राजधानी अस्गाबादमा भएको खेलमा ७४ केजी तौल समूहमा खेलेका थिए ।

कार्यक्रममा उनलाई प्रमुख अतिथि तथा नेपाली काँग्रेसका सांसद मदनबहादुर अमात्यले सम्मान गरेका हुन् । भने गोदावरी नगरपालिका–५ का वडा अध्यक्ष मिलन सिल्वालले निकेशलाई खाडा लगाएर सम्मान गरेका थिए ।

साँस्कृतिक कार्यक्रममा उत्कृष्ट नृत्य प्रदर्शन गरेको भन्दै स्थानीय कलाकार दीपिका सिल्वाललाई सम्मान समेत गरेको थियो ।

कार्यक्रममा नेपाली काँग्रेसका युवा नेता मिनकृष्ण महर्जन लगायत महत्वपूर्ण व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्