सिटीलाई स्टरलिङले जित दिलाए



 

लन्डन, (एजेन्सी)
रहिम स्टरलिङले ९७औं मिनेटमा गोल गरेपछि म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बोर्नमाउथलाई २–१ ले हराएको छ।

शनिबार भएको खेलमा अंक बाँड्न दुबै टोली तयारीमा लाग्दा इन्जुरी समयमा स्टरलिङले विजयी गोल गरेका हुन्। तर गोलको खुसी मनाउन दर्शक दीर्घामा गएपछि रेफ्रीले दोस्रो पहेँलो कार्ड दिएपछि उनले रातो कार्डसमेत आत्मसात गरेका थिए।

यसअघि चार्ली डेनियल्सले १३औं मिनेटमा गोल गरेर बोर्नमाउथलाई १–० को अगतामा राखेका थिए। यो अग्रता धेरैबेर पनि रहेन। २१औं मिनेटमा सिटीका गेब्रियल जेससले गोल फर्काएपछि खेल १–१ बराबरीमा पुगेको थियो। यो सिटीको दोस्रो जित हो भने बाउर्नमाउथले तीन खेलै हारेको छ।

प्रतिक्रिया दिनुहोस्