उच्च लिथियमयुक्त पानी सेवन फाइदाजनक



 

कोपनहेगन, (एजेन्सी)
डेनमार्कका अनुसन्धानकर्ताहरूले लिथियमको मात्रा धेरै रहेको पानी पिउने मानिसहरूलाई स्मरण शक्ति गुम्ने रोग डिमेन्सिया लाग्ने सम्भावना कम हुने गरेको पत्ता लगाएको छ। परिमाणमा धेरैथोरै हुने गरे पनि धाराबाट आउने पानीमा लिथियम पाइन्छ।

यस विषयमा आठ लाख व्यक्तिमाथि अध्ययन गरिएको हो। लिथियमको धेरै परिणामले मात्र यस रोगबाट बचाउने गरेको बताइएको छ। युनिभर्सिटि अफ कोपनहेगनमा यसबारे अध्ययन गर्ने क्रममा डिमेन्सिया पीडित ७३ हजार ७ सय ३१ र डिमेन्सिया नभएका ७ लाख ३३ हजार ६ सय ५३ जना डेनिसबीच तुलना गरिएको थियो।
त्यसै गरी डेनमार्कका १ सय ५१ वटा स्थानका धारको पानी पनि परीक्षण गरिएको थियो। थोरै लिथियम रहेको भन्दा मध्यम स्तरको परिमाणमा लिथियम रहेको पानी पिउनेहरूलाई भने डिमेन्सियाको खतरा बढेको पत्ता लागेको छ। तर प्रतिलिटर पानीमा १५ माइक्रोग्रामभन्दा बढी लिथियम रहेको पानी सेवन गर्नेहरूको डिमेन्सिया लाग्ने खतरा १७ प्रतिशतले घटेको पाइएको छ।

डिमेन्सिया र पिउने पानीमा रहेको लिथियमबीचको सम्बन्धबारे भएको यो पहिलो अनुसन्धान भएको बताइएको छ। जति लामो समयसम्म बढी लिथियम मिसिएको पानी पिइयो उति नै डिमेन्सियाको सम्भावना कम हुँदै जाने यो अध्ययनले देखाएको छ। मानव मस्तिष्कमा प्रभाव पार्ने लिथियम नामक रसायनिक पदार्थ आँखाको रोग बाइपोलार डिस्अर्डरको उपचारमा पनि प्रयोग हुने गरेको छ।

प्रतिक्रिया दिनुहोस्