अमेरिकामा हिजडालाई सेनामा पुनः प्रवेश दिइने



 

वासिंगटन, (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हिजडाहरूलाई सेनामा रोजगारका लागि प्रवेश नदिने सम्बन्धी आदेश फिर्ता लिने कागजातमा हस्ताक्षर गरेका छन्। पूर्वराष्ट्रपति बाराक ओबामाले विगतमा पनि रहेको सो प्रतिबन्धलाई हटाएका थिए। तर केही समयअघि ट्रम्पले उक्त प्रतिबन्धलाई निरन्तरता दिने निर्णय गरेका थिए।

साथै यस पछिल्लो कागजातमा सेनामा सक्रिय कर्मचारीहरूको यौनांग शल्यक्रियाका लागि सरकारी कोष प्रयोगमा रोक लगाउने कुरा पनि उल्लेख गरिएको छ।

राष्ट्रपति ट्रम्पले रक्षामन्त्री जिम म्याटिसलाई नै हिजडाहरूलाई पुनः सेनामा भर्ति गर्ने विषयमा निर्णय गर्ने जिम्मा दिएका हुन्। हिजडा अधिकारवादी समूहले देशको प्रतिरक्षाका लागि कुनै पनि बेला मर्न तयार व्यक्तिहरूलाई सेनामा सेवा गर्नबाट वञ्चित गर्न नहुने बताइएको छ।

अमेरिकी सेनमा करिब ४ देखि १० हजार जना हिजडा रहेको अनुमान गरिएको ेछ। यसअघि ट्रम्पले तिनीहरूलाई सैनिक सेवाबाट वञ्चित गर्ने निर्णय गर्दा जनस्तरबाट समेत विरोध भएको थियो। ट्रम्पले ओबामाकालीन सरकारले यसरी हिजडालाई पनि सेनामा राख्दा सेनाको सशक्तता र प्रभावकारिता फरक पर्न सक्नेबारे नसोचेको बताएका थिए।

सत्तामा पुगेयता ट्रम्पको केही मुश्लिम मुलुकका नागरिकहरूलाई अमेरिका प्रवेशमा रोक लगाउने निर्णय पनि निकै विवादास्पद हुन पुगेको थियो। सो निर्णयको विश्वभरिबाटै आलोचना भएको थियो। पछि आएर अमेरिकाकै न्यायालयहरूबाट समेत मुश्लिममाथि रोक लगाउने सो नीतिलाई चुनौती दिएका थिए।

 

प्रतिक्रिया दिनुहोस्