चन्दपुरघाटको झोलुङ्गे पुल बाढीले बगायो



 

अझैसम्म सम्बन्धित निकाय बेखबर
विष्णु तिमिल्सिना, बर्दिया
बर्दिया जिल्लाको मध्यभागमा अवस्थित बारबर्दिया नगरपालिका र ठाकुरबाबा नगरपालिकालाई जोड्ने बबई नदीको चन्दनपुर घाटमा बनेको झोलु·े पुल गत साउन २९ गते बबई नदीमा आएको बाढीले बगाएको छ।

उक्त झोलु·े पुल बाढीले बगाएपछि ठाकुरबाबा नगरपालिका र बारबर्दिया नगरपालिकाका जनतालाई आवतजावत गर्न कठिनाइ भएको छ। झोलु·े पुल तरेर जाने जनताले अहिले फेरि पहिलेको जस्तै बर्दिया राष्ट्रिय निकुञ्ज भएर बबईको पुल तरेर करिब १६ किलोमिटर दूरीमा हिँड्नुपर्ने बाध्यता भएको छ। हाट बजार गर्ने व्यापारीहरूले सो झोलु·े पुल भएर आउन नपाउँदा स्थानीय नागरिकहरूलाई दैनिक उपभोगका वस्तु किनमेल गर्न पनि समस्या भएको छ।

उक्त पुल बगाएको बारेमा जानकारी लिन जिल्ला प्राविधिक कार्यालयमा पुग्दा निमित्त कार्यालय प्रमुख रुद्र न्यौपानेले यससम्बन्धी हाम्रो कार्यालयमा कुनै पनि अभिलेख नभएको र त्यस सम्बन्धमा कुनै पनि जानकारी नभएको बताउनुभयो। स्थानीय विकास अधिकारी तेजराज शर्माले पनि अनभिज्ञता प्रकट गर्नुभयो। बर्दियाको सदरमुकामदेखि करिब २३ किलोमिटर दूरीमा रहेको उक्त पुल बगाएको विषयमा जिल्ला दैवी प्रकोप उद्धार समिति पनि अनभिज्ञ रहेको पाइयो। जिल्ला दैवी प्रकोप उद्धार समितिअन्तर्गत जिल्ला समन्वय समिति संयोजक रहेको भौतिक पूर्वाधार कलस्टरको बैठक हालसम्म पनि नबसेको र क्षतिको विवरण पनि औपचारिक रूपमा प्राप्त नभएको आपत्कालीन राहत सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रूपन ज्ञवालीले बताउनुभयो। सो निर्माण गर्ने कार्यालय सस्पेन्सन ब्रिज डिभिजनमा फोन सम्पर्क गर्दा सो झोलु·े पुल बगाएकोप्रति जानकारी नरहेको बताएको छ।

बारबर्दिया नगरपालिकाको वाड नम्बर १ जोधिपुरदेखि ठाकुरबाबा नगरपालिकाको शाहीपुर जोर्ने झोलु·े पुल २०७० साल असार २७ गते सम्झौता भई नरेन्द्र⁄हीरा चन्द जेभी निर्माण कम्पनीबाट उक्त पुल निर्माण भई २०७१।७२ मा सञ्चालनमा आएको थियो। सो पुल १ करोड ९३ लाखको लागतमा निर्माण गरिएको र पुलको लम्बाइ २ सय ६८.६ मिटर र चौडाइ १.२० मिटर रहेको सस्पेन्सन ब्रिज डिभिजन ललितपुरका सब–इन्जिनियर वासुदेव रिमालले जानकारी गराउनुभयो।

स्थानीय जानिफकारहरूका अनुसार पुल बनाउँदाखेरि नै कमजोर संरचना भएको, पूर्वपश्चिम दुवैतिर प्रोटेक्सन (संरक्षण) संरचना बलियो बनाउने सुझाव दिए पनि बेवास्ता गरिएको थियो। गलत डिजाइन, संरचनाको गुणस्तरहीन निर्माण कामको र संरक्षणको अभावमा बर्दिया जिल्लामा निर्माण भएका पुलहरू एकपछि अर्को गर्दै ध्वस्त भइरहेका छन्। अरबौंको राज्य कोष खेर गइरहेको अवस्था छ। यस वर्षको बाढीले गुलरियादेखि बारबार्दिया जोड्ने जब्दीघाटमा १६ करोडमा निर्माण भएको पक्की पुलको पिलर धसेर आवतजावतमा अवरुद्ध भएको भएको छ। २०७१ सालको बाढीमा कुसुम्बाघाटको झोलु·े पुल निर्माण भएको एक महिना नबित्दै बगाएको थियो।

प्रतिक्रिया दिनुहोस्