मेयर पदका लागि मध्यमार्गी बाटो अपनाउँदै राजपा 



कृष्णउदास खनाल, वीरगन्ज । राष्ट्रिय जनता पार्टीले वीरगन्जको मेयर पदका लागि टिकट दिन मध्यमार्गी बाटो अपनाउने भएको छ ।

मेयर पदका दुई आकांछी बिमल श्रीवास्तव र राजेशमान सिंहका कार्यकर्ताबीच झडप भएपनि यी दुईको बिकल्पमा उम्मेदवार चयन गर्न राजपा वीरगन्ज लागू परेको हो । मध्यमार्गी बाटो अवलम्बन गर्दै केन्द्रीय उपाध्यक्ष अधिवक्ता सुरेन्द्र कुर्मीलाई उम्मेदवार बनाउने सम्भावना बढेको छ । स्वच्छ छबिका कुर्मी दुबै पक्षका मध्यमार्गी एवं स्विकार्य छबि हुन सक्ने हुदा उनको संभावना बढेको सो पार्टीका नेताहरुले बताएका छन् ।

शुक्रबार  टिकट वितरणमा राजेशमान श्रेष्ठ र बिमल श्रीबास्तव समूहका नेता कार्यकर्ताको ब्यापक उपस्थिति रहेको थियो । दुवै समूहले टिकट आफ्नो पक्षमा पार्नका लागि गाउँगाउँबाट हजारौको संख्यामा कार्यकर्ता उतारेका थिए ।बीरगञ्जको मेयर पदका दुई दावेदार श्रेष्ठ र श्रीबास्तव समूहले आ–आफ्नो ललिङ्गका नेतालाई टिकट दिलाउने प्रयास गर्दा सामान्य होहल्ला गरेका थिए । कार्यकर्ताको हो हल्ला देखेर केन्द्रले कुर्मीलाई मेयरको टिकट दिने निर्णयमा पुगेको केन्द्रका एक नेताले बताएका हुन् ।

गएको सोमबार संबिधान संशोधनको मुद्दा संसदबाट अस्वीकृत भएपछि राजपा चुनावमा जाने निर्णय गरेको हो । राजपाको निर्णयसंगै वीरगन्जमा चुनावी सरगर्मी पनि बढेको छ । वीरगन्जका सबै वडाहरुमा राजपा अहिले उम्मेदवार छान्न ब्यस्त रहेको छ भने अन्य राजनीतिक दलहरुले लगभग उम्मेदवार टुंगो लगाइ सकेका छन् । असोज २ गते हुने चुनावमा राजपा पनि सहभागी हुने निश्चित भएपछि वीरगन्जमा चुनावी तापक्रम ह्वात्तै बढेको हो ।

प्रतिक्रिया दिनुहोस्