सुदूरपश्चिमको भ्रमणमा सेनापती



विमल विष्ट, डोटी । नेपाली सेनाका प्रधान सेनापती महारथी राजेन्द्रबहादुर क्षेत्री सुदूरपश्चिमको भ्रमणमा निस्किनु भएको छ । सुदूरपश्चिमको कञ्चनपुर हुदै सेनापति क्षेत्री क्षेत्रीय सदरमुकाम दिपायल राजपुरमा रहेको सुदूरपश्चिम पृतना हेडक्वाटर दिपायल पुग्नु भएको हो ।
सुदूरपश्चिममा रहेका आफना सैनिक कर्मचारीहरुको अवस्था तथा यहाँको बस्तु स्थिती बुझनका लागि सेनापति क्षेत्री सुदूरपश्चिमको भ्रमणमा निस्किनु भएको सुदूरपश्चिम पृतना हेडक्वाटर दिपायल राजपुरले जनाएको छ । सेनापती क्षेत्री दुई दिनको सुदूरपश्चिम भ्रमण पछि काठमाण्डौ फर्किने कार्यक्रम रहेको नेपाली सेनाको सुदूरपश्चिम पृतना जनसम्पर्क शाखाले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्