रोनाल्डो यूईएफए वर्ष खेलाडी



 

मोनाको, (एजेन्सी)
पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले लगातार दोस्रो पटक यूईएफए वर्ष खेलाडी घोषित भएका छन्।

बार्सिलोनाका अर्जेन्टिनी प्लेमेकर मेसीसँगै युभेन्ट्सका गोलरक्षक गियान्लुगी बुफोनलाई पछि पार्दै लगातार दोस्रो वर्ष उक्त उपाधि हात पारेका हुन्। मोनाकोमा बिहीबार च्याम्पियन्स लिग समूह चरणको ‘ड्र’मा उक्त अवार्डको घोषणा गरिएको थियो। केही वर्षयता क्रिस्टियानो रोनाल्डो र लियोनल मेसीबीच तीव्र प्रतिस्पर्धा हुँदै आए पनि रोनाल्डोले लगालग दोस्रोपटक उक्त अवार्ड जित्न सफल भएका हुन्। रोनाल्डोले सन् २०१३⁄१४ मा पहिलो पटक उक्त अवार्ड जितेका थिए। यो समेत रोनाल्डोले तेस्रो पटक उक्त अवार्ड हात पारेका हुन्।

यूईएफए वर्षको उत्कृष्ट फरवार्डको उपाधि पनि रोनाल्डोले नै प्राप्त गरे। यस्तै युभेन्ट्सका इटालियन गोलरक्षक बुफोनले उत्कृष्ट गोलरक्षकको उपाधि जितेका छन्। रियलका लुका मोड्रिचले उत्कृष्ट मिडफिल्डर र सोही टोलीका कप्तान सर्जियो रामोसले उत्कृष्ट रक्षकको अवार्ड जिते। युरो कपको उपाधि जितेको डच मिडफिल्डर लिइक मार्टेन्स महिलातर्फ यूईएफए वर्ष खेलाडी घोषित भइन्।

प्रतिक्रिया दिनुहोस्