निम्स र पुष्पसदनलाई उपाधि



 

नेपाल समाचारपत्र
काठमाडौं
डिफेन्डिङ च्याम्पियन निम्स र पुष्पसदनले पाँचौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेका छन्।

निम्सले सिनियर ब्वाइजमा उपाधि रक्षा गर्यो भने पुष्पसदन जुनियर ब्वाइजमा च्याम्पियन बन्यो। सिनियर ब्वाइजको फाइनलमा निम्सले विल्सन एकेडेमीलाई ६२–४८ ले पराजित गर्यो। निम्सको जितमा विशाल बुढाथोकीले उत्कृष्ट प्रदर्शन गर्दै २७ अंक जोडे।
जुनियर ब्वाइजको प्रतिस्पर्धात्मक र रोमाञ्जक फाइनलमा पुष्पसदनले ग्रिनफिल्डलाई ३४–३१ को साँघुरो अन्तरले हरायो। पुष्पसदनको जितमा रोजिन महर्जनले सानदार प्रदर्शन गर्दै २३ अंक योगदान गरे। निर्धारित समयको खेल २३–२३ को बराबरीमा सकिएको थियो। पहिलोपटक थप गरिएको अत्तिरिक्त समयमा दुवैको समान ३–३ स्कोर गरे। दोस्रोपटक थपिएको समय पनि दुवैले ३–३ को बराबरी खेले। तेस्रोपटक थप गरिएको समय पुष्पसदनले ग्रिनफिल्ड विरुद्ध ५–२ को अग्रता बनाउदै उपाधि सुनिश्चित गर्यो।

सिनियर ब्वाइजमा निम्सका सञ्जय नेपाली तथा जुनियर ब्वाइजमा पुष्पसदनका रोजिन महर्जन ‘मोस्ट भेलुबएल प्लेयर’ चुनिए। साउन ३२ गतेदेखि शुरु प्रतियोगिताको सिनियर ब्वाइजमा १७ र जुनियर ब्वाइजमा १३ गरी ३० टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए।

प्रतिक्रिया दिनुहोस्