करोडौं पारिश्रमिक लिने रेस्लर



 

नेपाल समाचारपत्र
काठमाडौं
एथ्लेटिक्सको दुनियाँमा रेसलिङले पनि आफ्नो छुट्टै पहिचान बनाएको छ भने ठूलो संख्यामा दर्शक र प्रशंसक पनि कमाउन सफल भएको छ। रेसलिङको विश्वसनीयतामाथि प्रश्न उठ्ने गरे पनि ठूलो रकम तिरेर खेलाडी विभिन्न इभेन्ट र प्रतियोगितामा अनुबन्ध हुने गरेका छन्। चर्चित अन्तर्राष्ट्रिय पत्रिका फोब्र्सले वर्ष २०१७ मा सबैभन्दा धेरै पारिश्रमिक लिने रेसलरहरूको सूचीअनुसार टप फाइभ रेसलर यस्ता छन्।

ब्रक लेसनरः २२ जुलाई १९७७ मा जन्मिएका अमेरिकी रेसलर ब्रक लेसनरको वार्षिक कमाई १२ मिलियन अमेरिकी डलर रहेको छ। ब्रकको नाम रेसलिङमा जति विवादास्पद छ त्यति नै चर्चित पनि। पूर्व यूएफसी हेभीवेट च्याम्पियन लेसनरले सन् २००० ताका रेसलिङ र बडी बिल्डिङको प्रशिक्षण शुरु गरेका थिए। लेसनर सबैभन्दा कम उमेर (२५) वर्षमा डब्लुडब्लुई च्याम्पियनस् लिग जित्ने खेलाडी पनि हुन। लेसनरको उचाई ६ फिट ३ इन्च छ भने तौल २ सय ६५ पाउण्ड रहेको छ।

जोन सिनाः सन् २०१६ मा पाखुराको सर्जरीका लागि अधिकांश समय रिङमा नदेखिएका सिनालाई बढी कमाउने रेसलरको सूचीमा दोस्रो नम्बरमा राखिएको छ। चर्चित अमेरिकन सिरियल ‘अमेरिकन ग्रिटको दोस्रो सिजनका लागि व्यस्त बनेका सिनालाई सन् २०१७ को शुरुआतमा पनि दर्शकले रिङमा देख्न पाएका थिएनन्। फोब्र्सका अनुसार सिनाले वार्षिक ८ मिलियन अमेरिकी डलर कमाउँछन्।
२३ अप्रिल १९७७ जन्मिएका सिना एक कलाकार तथा हिप हप गायक पनि हुन। सिनाको यु कान्ट सि मि नामको एल्बम निकालेका छन् भने द मेरिन, १२ राउन्ड, लिजेन्डरी जस्ता चर्चित चलचित्रमा अभिनय गरेका छन्। सिनाको उचाई ६ फिट १ इन्च रहेको छ भने तौल २ सय ५१ पाउन्ड रहेको छ।

ट्रिपल एचः पल माइकल लेवेक्सको नाम रेसलिङको दुनियाँमा ट्रिपल एचका नामले विख्यात छन्। हन्टर हस्र्ट हेम्सलेको छोटकरी नाम ट्रिपल एच हो। २७ जुलाई १९६९ मा जन्मिएका एचको वार्षिक कमाई ३ दशमलव ८ विलियन अमेरिकी डलर रहेको छ।

डब्लुडब्लुईमा आउनुभन्दा अगाडि एचले वल्र्ड च्याम्पियन्स लिग (डब्लुसीएल) बाट सन् २०९३ मा आफ्नो रेसलिङ यात्रा शुरु गरेका थिए। १३ पटक विश्व च्याम्पियन रहिसकेका एचले पाँच पटकसम्म विश्व हेभीवेट च्याम्पियन जितेका छन्। एचको उचाई ६ फिट ४ इन्च छ भने तौल २ सय ५६ पाउन्ड रहेको छ।
रोमन रेन्सः २५ मे, १९८५ मा जन्मिएका रेन्सको वास्तविक नाम लिटी जोसेफ अनोआ ई हो। पेन्साकोला क्याथोलिक हाई स्कुल र एसकेम्बिया हाईस्कुलमा रेन्सले ५ वर्षसम्म व्यावसायिक फुटबलरका रुपमा काम गरे। रेन्स सन् २०१० मा डब्लुडब्लुईमा अनुबन्ध भएका थिए भने उनले २०१२ को नोभेम्बरमा डिन एम्ब्रोस र सेथ रोलिन्ससँग ‘द शिल्ड नामको गु्रप बनाई डब्लुडब्लुई ट्याग टिम च्याम्पियन्स लिग जितेका थिए। तीनपटक विश्व हेभिवेट च्याम्पियन, एकपटक डब्लुडब्लुई युनाइटेड स्टेट च्याम्पियनसिप, स्लैमी अवार्ड छपटक र सन् २०१४ मा सर्वश्रेष्ठ सुपरस्टारको अवार्ड जितेका छन्। रेन्सको उचाई ६ फिट ३ इन्च रहेको छ भने तौल २ सय ६५ पाउन्ड छ। यीनले वार्षिक ३ दशमलव ५ मिलियन अमेरिकी डलर पारिश्रमिक लिने गरेका छन।
डीन एम्बु्रजः७ डिसेम्बर १९८५ मा जन्मिएका जोनाथन डेभिड गुड रेसलिङको दुनियाँमा डिन एम्बु्रजको नामले प्रख्यात छन्। एम्बु्रज सन् २०१६ मा सबैभन्दा धेरै रेसलिङ इभेन्टमा भाग लिने एथलेक्ट हुन्। उनले वर्ष २०१६ मा १ सय ९४ वटा इभेन्टमा भाग लिएका थिए। औसतमा एम्बुजले अन्य एथ्लेट्सहरूको तुलनामा ९ प्रतिशत बढी प्रतियोगितामा भाग लिएका थिए। जसका कारण उनको लोकप्रियता र पारिश्रमिक बढेको चर्चित अन्तर्राष्ट्रिय म्यागेजिन फोब्र्सले जनाएको छ। एम्बु्रजको उचाई ६ फिट ४ इन्च रहेको छ भने तौल २ सय २५ पाउन्ड रहेको छ।
(विभिन्न एजेन्सीहरूको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्