महोत्तरीमा राहत वितरण कार्य जारी



 

नेपाल समाचारपत्र
महोत्तरी
महोत्तरीमा बाढीमा परेर जोखिममा परेकाहरूलाई राहत वितरण कार्य जारी रहेको छ। बाढीबाट प्रभावितलाई विभिन्न संघसंस्थाले राहतसमेत बाँडी उनीहरूलाई सहयोग गरिरहेको छ। नेपाल रेडक्रस सोसाइटी, सामुदायिक विकास कार्यक्रम महोत्तरी, स्वालम्बन लघुवित्त विकास बैंकलगायतका संघसंस्थाले केही बाढीपीडितलाई राहत बाँडेको हो भने थप राहत कार्य जारी राखेको छ।

सामुदायिक विकास कार्यक्रम महोत्तरीद्वारा महोत्तरीमा आएको बाढीका कारण पीडितहरूलाई जिल्ला दैवी प्रकोप उद्धार समिति र नेपाल रेडक्रस सोसाइटीको समन्वयमा एकडारा गाउँपालिकाअन्तर्गत हलखोरी–४ का ९० जना बाढीबाट प्रभावितलाई ओछ्याउने म्याट्रेस, बाल्टिन, मग, त्रिपाल, कम्बल, लत्ताकपडा प्रति घरपरिवार एक⁄एक थानको दरले वितरण गरेको छ।

जलेश्वरस्थित स्वावलम्बन लघुवित्त विकास बैंकले बाढीले अति प्रभावित १ सय ४० पीडितलाई चामल, दाल, नुन, खानेतेल र साबुन तथा सर्फलगायतको राहत सामग्री वितरण गरेको छ भने आईएससी फरेस्टी (५०⁄५२ ब्याच) ले समेत मटिहानी वडा नं. ३ र ४ का बाढी प्रभावित ६० परिवारलाई ५० हजार बराबरको त्रिपाल र झुल वितरण गरेको छ। यता सर्वोच्च अदालतले एकद्वार प्रणाली हटाएसँगै राहत वितरण गर्नेहरूको ओइरो लाग्न थालेको छ।

प्रतिक्रिया दिनुहोस्