नेम्पा अवार्डमा



 

पुरानो डुंगा, जात्रा र छक्का पञ्जाको स्पर्धा
नेपाल चलचित्र संघले लामो समयको अन्तरालपछि आयोजना गर्न लागेको फिल्म अवार्डमा वर्ष २०७३ मा रिलिजमा आएकामध्ये पुरानो डुंगा, जात्रा र छक्का पञ्जाबीच प्रतिस्पर्धा हुने भएको छ।

संघले फिल्मकर्मीको प्रोत्साहन र सम्मानका लागि भन्दै अमेरिकाको टेक्सासस्थित डालसमा डीएबीएस इन्टरटेन्टमेन्टसँगको सहकार्यमा आगामी सेप्टेम्बर १७ तारिखमा आयोजना गर्न लागेको नेम्पा फिल्म अवार्ड २०१७ अमेरिकामा निर्देशन विधामा यिनै ३ फिल्मका निर्देशकत्रय रामबाबु गुरुङ, प्रदीप भट्टराई र दीपाश्री निरौलाबीच स्पर्धा हुने भएको छ। संघले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी सार्वजनिक गरेको अवार्डमा अभिनेतातर्फ लुकामारीबाट सौगात मल्ल, वीरविक्रमबाट दयाहाङ राई र जात्राबाट विपीन कार्की उत्कृष्ट ३ को मनोनयमा परेका छन् भने अभिनेतृ विधामा छक्का पञ्जाबाट प्रियंका कार्की, लभ सासाबाट केकी अधिकारी र डाइङ क्यान्डलबाट सिर्जना सुब्बाबीच स्पर्धा देखिएको छ।

अभिनेता विधाको मनोनयमा परेका सौगात मल्ल लुट २ बाट खलनायक विधाको मनोनयनमा समेत परेका छन् भने यो विधामा किङबाट अनुपविक्रम शाही र बाटोमुनिको फूल २ बाट अर्पण थापा मनोनयमा छन्। त्यसै गरी नवअभिनेतामा सफरबाट सञ्जय गुप्ता, के म तिम्रो होइन रबाट आर्यन अधिकारी र चपली हाइट २ बाट आयुषमान देशराज जोशी, नवअभिनेतृमा के म तिम्रो होइन रबाट मरिस्का पोखरेल, गाँठोबाट नम्रता श्रेष्ठ, र गाजलुबाट, सहअभिनेतामा पुरानो डुंगाबाट माओत्से गुरुङ, जात्राबाट रवीन्द्र झा र डाइङ क्यान्डलबाट सौगात मल्ल, सहअभिनेतृमा पुरानो डुंगाबाट मेनुका प्रधान, छक्का पञ्जाबाट वर्षा राउत र बाटोमुनिको फूल २ बाट रीमा विश्वकर्मा मनोनयनमा छन्।

१८ विधाको अवार्डअन्तर्गत हास्य कलाकार विधामा लुट २ बाट विपीन कार्की, छक्का पञ्जाबाट बुद्धि तामाङ, छक्का पञ्जाबाटै केदार घिमिरे, लेखकमा पुरानो डुंगाबाट रामबाबु गुरुङ, जात्राबाट प्रदीप भट्टराई र छक्का पञ्जाबाट दीपकराज गिरी, गीतकारमा बाटोमुनिको फूल २ को नरुने आँखाबाट सुरेश प्राञ्जल, पलासको तिमी साथ हुँदाबाट दयाराम पाण्डे र शब्दको हरपल रुवाउँछबाट कृष्णहरि बराल, संगीतकारमा शब्दको हरपल रुवाउँछबाट सुरेश गैरे, हाउ फन्नीको शिरैमा शिर विन्दुबाट वसन्त सापकोटा र छक्का पञ्जाको पूर्वपश्चिमबाट राजनराज शिवाकोटी, गायकमा शब्दको हरपल रुवाउँछबाट स्वरूपराज आचार्य, पलासको तिमी साथबाट युवराज चौलागाईं र पुरानो डुंगाको निर जैलेबाट कालीप्रसाद बास्कोटा, गायिकामा लुट २ को ठमेल बजारबाट मीना निरौला, हाउ फन्नीको यो के होबाट मिलन अमात्य र छक्का पञ्जाको पूर्वपश्चिमबाट अञ्जु पन्त, नृत्य निर्देशकमा तीन घुम्तीको फूलझैं नरमबाट रामजी लामिछाने, लुट २ को ठमेल बजारबाट विक्रम स्वाँर र राधाको छपक्कै फूलबाट कविराज गहतराज मनोनयनमा परेका छन्।

त्यसै गरी छायाकार विधामा पुरानो डुंगाबाट शैलेन्द्र डी कार्की तथा छक्का पञ्जा र लुट २ बाट पुरुषोत्तम प्रधान तथा सम्पादक विधामा पुरानो डुंगाबाट निमेश श्रेष्ठ, लुट २ बाट सुरेन्द्र पौडेल र छक्का पञ्जाबाट विपीन मल्ल मनोनयमा छन्। आयोजक संघका अध्यक्ष प्रदीपकुमार उदयका अनुसार अवार्डमा कुल ४५ फिल्म सहभागी छन्।

 

प्रतिक्रिया दिनुहोस्