चन्दपुरघाटको झोलुङ्गे पुल बाढीले बगायो, सम्बन्धित निकाय अझै अनविज्ञ



बिष्णु तिमिल्सिना, बर्दिया । बर्दिया जिल्लाको माध्य भागमा अबस्थित बारबर्दिया नगरपालिका र ठाकुरबाबा नगरपालिकालाई जोड्ने बबई नदिको चन्दनपुर घाटमा बनेको झोलुंगे पुल गत श्रावण २९ गते बबई नदिका आएको बाढीले बगाएको छ ।
उक्त झोलुङ्गे पुल बाढीले बगाएपछि ठाकुरबाबा नगरपालीका र बार बर्दिया नगरपालिकाका जनतालाई आवतजावत गर्न कठिनाई भएको छ । झोलुङ्गे पुल तरेर जाने जनताले अहिले फेरी पहिलेको जस्तै बर्दिया राष्ट्रिय निकुञ्ज भएर बबईको पुल तरेर करिब १६ किलोमिटर दुरिमा हिडनुपर्ने बाध्यता भएको छ । हाट बजार गर्ने ब्यापारीहरुले सो झोलुङ्गे पुल भएर आउन नपाउदा स्थानीय नागरिकहरुलाई दैनिक उपभोगका बस्तु किनमेल गर्नमन समस्या भएको छ ।
उक्त पुल बगाएकोब ारेमा जानकारी लिन जिल्ला प्राबिधिक कार्यालयमा पुग्दा निमित्त कार्यालय प्रमुख रुद्र न्यौपानेले यस सम्बन्धी हाम्रो कार्यालयमा कुनै पनि अभिलेख नभएकोे र त्यस सम्बन्धमा कुनैपनि जानकारी नभएको बताउनु भयो । स्थानीय बिकास अधिकारी तेजराज शर्माले पनि अनबिज्ञता प्रकट गनुर्् भयो ।

बर्दियाको सदरमुकाम देखि करिब २३ किलोमिटर दुरीमा रहेको उक्त पुल बगाएको बिषयमा जिल्ला दैबीप्रकोप उद्धार समिति पनि अनबिज्ञ रहेको पाईयो । जिल्ला दैबीप्रकोप उद्धार समिति अन्र्तरगत जिल्ला समन्वय समिति संयोजक रहेको भौतिक पुर्बाधार कलस्टरको बैठक हाल सम्म पनि नबसेको र क्षतिको बिबरण पनि औचारिक रुपमा प्राप्त नभएको कुरा आपतकालिन राहत सञ्चालन केन्द्रका सुचना ब्यबस्थापन अधिकृत रुपन ज्ञवालीले बताउनु भयो । सो निमार्ण गर्ने कार्यालय सस्पेन्सन ब्रिज डिभिजनमा फोन सम्पर्क गर्दा सो झोलुङ्गे पुल बगाएको प्रति जानकारी नरहेको बताएको छ ।
बार बर्दिया नगरपालिको वाड नम्बर १ जोधिपुर देखि ठाकुरबाबा नगपालीकाको शाहीपुर जोर्ने झोलुंगे पुल २०७० साल असार २७ गते सम्झौता भई नरेन्द्र÷हिरा चन्द जेभी निमार्ण कम्पनीबाट उक्त पुल निमार्ण भई २०७१।७२ मा सञ्चालनमा आएको थियो । सो पुल एक करोड ९३ लाखको लागत मा निमार्ण गरिएको र पुलको लम्बाई २ सय ६८.६ मिटर र चौडाई १.२० मिटर रहेको कुरा सस्पेन्सन ब्रिज डिभिजन ललितपुरका सब ईन्जिनियर बासुदेब रिमालले जानकारी गराउनु भयो ।

स्थानीय जानीफकारहरुका अनुसार फल बनाउदा खेरी नै कमजोर संरचना भएको, पुर्बपश्चिम दुबै तिर प्रोटेक्सन(संरक्षण) संरचना बलियो बनाउने सुझाब दिएपनि ब्यवास्ता गरिएको थियो । गलत डिजारइन, संरचनाको गुणस्तरहिन निमार्ण कामको र संरक्षणको अभाबमा बर्दिया जिल्लामा निमार्ण भएका पुलहरु एक पछि अर्को ध्वस्त भईरहेका छन् । अरबौको राज्यकोष खेर गईरहेको अबस्था छ । यस बर्षको बाढीले गुलरिया देखि बारबार्दिया जोड्ने जब्दीघाटमा रु १६ करोडमा निमार्ण भएको पक्की पुलको पिलर धसेर आवत जावतमा अबरुद्ध भएको भएको छ । २०७१ सालको बाढीमा कुसुम्बाघाटको झोलुङ्गे पुल निमार्ण भएको एक महिना नबित्तै बगाएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्