जन आन्दोलनका जिउँदा शहिद मुकेशको जन्मोत्वसमा ‘२६ पउण्ड’को केक (फोटो फिचर)



मोतीराम तिमल्सिना, काभ्रे ।  जनआन्दोलन २०६२÷२०६३ मा घाईते भई जिउँदो शहिद घोषणा गरिएका बनेपाका मुकेश कायश्थको २७ औ जन्मोत्सव विद्यासागर स्कुल बनेपा र मुकेश कायश्थ प्रतिष्ठानले भब्य रुपमा मनाएका छन् ।

विद्यासागरमा अध्ययन गरिरहेकै समयमा जनआन्दोलनमा चलेको गोली लागि घाईते भएका मुकेशको अवस्था सुधारोन्मुख हुँदै छ । विद्यालयमा पहिलो पटक आयोजना गरिएको जन्मोत्सव कार्यक्रममा सांसद कञ्चनचन्द्र बादे प्रमुख अतिथी थिए । शहिद तथा जनआन्दोलनका घाईतेहरुले दिएको बलिदानका कारण मुलुकमा नयाँ संविधान बनेकाले संविधानको भावना अनुसार स्थानीय निर्वाचन समेत सम्पन्न भईसकेको अवस्थामा मुकेश जस्ता जनआन्दोलनका घाईतेहरुका लागि सहयोग गर्न तयार रहेको बादेले बताए ।
कार्यक्रममा बनेपा नगरपालिकाका प्रमुख लक्ष्मी नरसिं बादे मुकेशको योगदानको मुल्यांकन गर्दै नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे ।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल हिरा शर्माले मुकेश विद्यालयको जेहेन्दार विद्यार्थी भए पनि आन्दोलनमा घाईते भई विद्यालय नसके पनि उसले देशका लागि दिएको योगदानको कदर गर्दै सम्मान स्वरुप सबै साथिहरुको बीच मुकेशको जन्मोत्सव मनाईको बताए । विद्यालयले उनको जन्मोत्सवमा २६ पउण्डको केक तयार गरेको थियो । तयारी केकलाई मुकेशले काटेर जन्मोत्सव मनाईएको थियो । कार्यक्रममा बरिष्ठ साहित्यकार मोहन दुवालले मुकेश राष्ट्रको सम्पति भएकाले मुकेश घाईते भई पाएको दुख सम्झेर होईन खुृशी साथले उसको स्याहार सुसार गर्नु पर्ने बताए ।
जिउँदो शहिद थोरै मात्र हुने भएकाले उनिहरुको सम्मानका लागि राष्ट्रले विभिन्न कार्यक्रम आयोजना गर्नु पर्ने दुवालले बताए ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी काभ्रे शाखाका सभापति रघुवर चौ प्रधानले मुकेश कायश्थका नाममा बनेपामा अस्पताल निर्माण गर्नु पर्ने बताएका थिए । नगरपालिकाले जग्गा ब्यवस्थापनमा सहयोग गरे कायश्थका नाममा अस्पताल खोल्न सहयोग गर्ने चौ प्रधानले बताए । कार्यक्रममा मुकेशको आमा मिरा कायश्थले छोरा घाईते भएकोमा दुखी हुनु भन्दा राष्ट्रले सम्झिरहेकोमा खुशी ब्यक्त गरिन् । मुकेशको स्वास्थ्य सुधारउन्मुख हुँदै गएकोमा कायश्थले खुशी ब्यक्त गरेकी थिईन् ।

प्रतिक्रिया दिनुहोस्