भक्तपुरमा थपिए १४ हजार मतदाता



 

भक्तपुर, ९ भदौ । जिल्ला निर्वाचन कार्यालयले सञ्चालन गरेको एक महिने फोटोसहितको मतदाता नामावली संकलन अभियानमा ३६ हजार ८७५ जना मतदाता थपिएका छन् ।

साउन १ गतेदेखि सो कार्यलय र जिल्लाका चारवटै नगरपालिकामा गरिएको मतदाता नामावली संकलन एवं अद्यावधिक कार्यमा विभिन्न जिल्लाका नागरिकले नाम दर्ता गराएका कार्यालय प्रमुख उमेश राईले जानकारी दिनुभयो ।

भक्तपुर जिल्लामा मतदान गर्न पाउने जिल्लाका १४ हजार ३१३ जनाले फेटोसहितको मतदाता नामावली दर्ता गराएका छन् ।

यसअघिको स्थानीय तहको निर्वाचनमा भक्तपुर जिल्लाको कूल एक लाख ६१ हजार ५२९ जना मतदाता थिए भने अभियानमा मतदाता संख्या थपिएपछि भक्तपुरमा एक लाख ७५ हजार ८४२ मतदाता पुगेको कार्यालय प्रमुख राईले बताउनुभयो दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्