रिहाना नयाँ प्रेमीसँग रमाउँदै



विश्व प्रसिद्ध पप गायिका रिहाना आफ्नो पूर्वप्रेमी, र्यापर तथा गायक क्रिस ब्राउनसँगको ब्रेकअपपछि साउदी राजकुमार हसन जमिलसँग रोमान्स गरिरहेकी छिन्। उनको हसनसँगको सम्बन्ध भने क्रिससँग भन्दा निकै फरक छ।

एक हलिउड साइटले जनाएअनुसार हसन नितान्त निजी व्यक्ति हुन्। उनको प्रेम सम्बन्धको खबर खास तरिकाबाट आउँछ। उनी आफ्नो बारेमा हरेकखाले खबर अखबारमा छापेर तथा सार्वजनिक गरेर आफ्नो परिवारलाई लज्जित बनाउन चाहँदैनन्।
समाचारमा जनाइएअनुसार रिहाना पनि आफ्नो कुराहरु स्पटलाइटदेखि टाढा राख्न चाहन्छिन्। क्रिससँग टाढा भएपछि उनी दोस्रोपटक पनि पब्लिक रोमान्स चाहँदिनन् र उनलाई हसन स्पटलाईट प्रसिद्धी एवं आपसी प्रतिस्पर्धा चाहँदैनन् भन्ने कुरामा पनि विश्वस्त छिन्।

केही समयअघि उनीहरु स्पेनमा रहँदा उनीहरुबीचको गहिरो चुम्बनको फोटो एक अनलाइनले छापिदिएपछि बल्ल मानिसले उनीहरुको अफेयरबारे थाहा पाएका थिए।

प्रतिक्रिया दिनुहोस्