विल्सन र निम्स फाइनलमा



काठमाडौं, (नेस)
विल्सन एकेडेमी र निमस पाँचौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बिहीबार फाइनलमा प्रवेश गरेका छन्।

विल्सनले नालान्दालाई ३६–२३ ले पराजित गर्यो। विल्सनको जितमा क्षितीज मगरले ११ अंक योगदान गरे। विशाल बुढाथोकीको १६ अंक सहयोगमा निम्सले इनोभेटिभलाई ५०–४४ ले हरायो। स्युचाटारस्थित रेडिअन्ट पब्लिक बोर्डिङ स्कुलको आयोजनामा भइरहेको प्रतियोगिताको जुनियर ब्वाइजमा पुष्पसदन र ग्रिनफिल्ड उपाधिका लागि भिड्ने छन्। पुष्पसदनले निम्सको यात्रा २६–१७ ले पूर्णविराम लगायो।

विजेताका रोजिन महर्जनले ११ स्कोर गरे। आयोजक रेडिअन्टविरुद्धको अर्को सेमिफाइनलमा ग्रिनफिल्ड ३१–२५ ले विजयी भयो।

प्रतिक्रिया दिनुहोस्