विश्व जुडोमा सहभागी हुँदै



नेपाल समाचारपत्र
काठमाडौं
हंगेरीको बुडापेस्टमा हुने विश्व जुडो च्याम्पियनसिपमो नेपाली जुडो टोलीले सहभागिता जनाउने भएको छ।

अगस्ट २४ देखि सेप्टेम्बर ४ तारिखसम्म हुने प्रतियोगिताको महिला ६३ केजीमुनि ओलम्पियन फुपूल्हामु खत्री र ५७ केजीमुनि मनीता श्रेष्ठ प्रधानले प्रतिस्पर्धा गर्नेछन्। पुरुष ८१ केजीमुनि मोहन सुनुवारले भाग लिनेछन्। यो च्याम्पियनसिपपछि मोहनले आफ्नो २४ वर्षे खेल यात्रामा पूर्णविराम लगाउँदै छन्।

टिम प्रशिक्षकमा पदमबहादुर बुढाथोकी तथा व्यवस्थापकमा नेपाल जुडो संघका कोषाध्यक्ष विपीनप्रसाद श्रेष्ठ रहेका छन्।

प्रतियोगिता दौरान अगस्ट २४ र २५ तारिखमा हुने आईजेएफ ओर्डिनरी कंग्रेसमा जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्य र महासचिव धर्मकुमार श्रेष्ठ सहभागी हुनेछन्। प्रतियोगितामा विभिन्न १ सय ३६ राष्ट्रका खेलाडीले पुरुष÷महिलामा समान ७–७ गरी १४ स्पर्धामा प्रतिस्पर्धा गर्ने जुडो संघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्