दिल्लीमा प्रधानमन्त्री देउवालाई ‘गार्ड अफ अनर’ प्रदान (फोटो फिचर)



नेपाल समाचारपत्र, काठमाडौ ।

भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवालाई राष्ट्रपति भवनमाअयोजीत विशेष समाहरोहमा ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ ।
विशेष राजकीय सम्मान ग्रहणका लागि राष्ट्रपति भवनको प्रागणमा पुग्दा देउवालाई भारतीय समकक्षी नरेन्द्र मोदीले स्वागत गरेका थिए ।

‘गार्ड अफ अनर’ ग्रहण गरेपछि संक्षिपत प्रतिक्रिया दिँदै प्रधानमन्त्री देउवाले भारतले नेपालको विकासमा सहयोग गरेको बताउँदै थप सहयोगका लागि आग्रह गर्नुभएको छ ।

त्यसलगतै प्रधानमन्त्री देउवा महात्मा गान्धीको समाधी स्थल राजघाट प्रस्थान गर्नुभएको छ ।

तस्विर :रासस

प्रतिक्रिया दिनुहोस्