फोटोमैत्री शेवदे



फोटोको मामिलामा चाहिँ हाम्रा प्रधानमन्त्री शेरबहादुर देउवा (शेवदे) फोटो पत्रकारमैत्री भएको धरहराले हिजोबाट पत्ता लगाएको छ। हिजो भारतको ५ दिने भ्रमणमा जानुभएका प्रधानमन्त्रीलाई विदाइका क्रममा त्रिभुवन विमानस्थलमा सभामुख ओनसरी घर्तीले पुष्पगुच्छा दिंदै गर्दा हेर्नुस् त उहाँका आँखा कता छन् ?

अनि फेरि उपप्रधानमन्त्री बिजयकुमार गच्छदारले विदाइका लागि पुष्पगुच्छा दिंदा पनि हेर्नुस् त पाठकबृन्द। अर्कोतिर फर्केर गुथ्थ परेको भए फोटो पत्रकारलाई कम गाह्रो हुन्थ्यो त ? जे होस् हाम्रा फोटोपत्रकार मित्रहरूलाई धरहरा बधाई दिन चाहन्छ।

प्रतिक्रिया दिनुहोस्