मञ्च र एक्सन स्पोर्टस्बीच सम्झौता



 

काठमाडौं, (नेस)
नेपाल खेलकुद पत्रकार मञ्च र डिजिटल टेलिभिजन सेवा प्रदायक कम्पनी डिस मिडिया नेटवर्क प्रालिको खेलकुद च्यानल ‘डिसहोम एक्सन स्पोर्टस’बीच पल्सर स्पोर्टस अवार्ड २०७३ का लागि सह–प्रायोजन सम्झौता भएको छ।

राजधानीको रोयल सिंगी होटलमा बुधबार सम्पन्न कार्यक्रममा मञ्चका अध्यक्ष महेश आचार्य र डिस मिडिया नेटवर्कका प्रमुख कार्यकारी अधिकृत सुदीप आचार्यले सम्झौता पत्रमा हस्ताक्षर गरे। डिस होम एक्सन स्पोर्टस्ले मञ्चलाई २ लाख ५० हजार रुपियाँ नगदसहित ३ लाख ८० हजार रुपियाँ बराबरको प्रायोजन गरेको हो। सम्झौताअनुरुप डिस होमले पल्सर स्पोर्टस् अवार्डका ८ विधाका विजेतालाई सेटअप बक्स र एक वर्षसम्मको रिचार्ज कार्ड प्रदान गर्नेछ।

मञ्च र डिस मिडिया नेटवर्क प्रालि बीच लगातार सातौं वर्ष सम्झौता भएको हो। यो वर्ष डिस मिडियाले आफ्नो खेलकुद च्यानल डिसहोम एक्सन स्पोर्टसको नाममा सम्झौता गरेको छ।

प्रतिक्रिया दिनुहोस्