सिप्रदीयन सहायताद्वारा राहत वितरण



 

काठमाडौं(नेस)
सिप्रदीयन सहायता संस्थाले रौतहट, सप्तरी र बर्दियाका बाढी पीडितहरूलाई राहत सामाग्री अन्र्तगत खाद्यान्न वितरण गरेको छ। उक्तसंस्थाले रौतहट, सप्तरी, बर्दिया जिल्लाका एक सय ७५बाढी पीडित घर धुरीलाई दैनिक उपभोग्य सामाग्री वितरण गरेको हो।

संस्थाका अनुसार स्थानीय समाजसेवी डिके झा, स्थानीय प्रहरी र जिल्ला प्रशासन कार्यालय रौतहट समेतको रोहवरमा प्रति परिवार २५ केजी चामल, तीन केजी दाल, तीन केजी चिउरा, १२ लिटर पानी, एक केजी नुन, आधा लिटर खाने तेल, पाँचप्याकेट चाउचाउ र एक प्याकेट मसला वितरण गरिएको हो। यसरी एक सय ७५ घर परिवारमा वितरण गरिएको कुल खाद्य सामग्री एक सय ७५ बोरा चामल, एक सय ७५ प्याकेट दाल, एक सय ७५ प्याकेट चिउरा, एक सय ७५ कार्टुन पानी, १९ कार्टुन चाउचाउ, एक सय ७५ प्याकेट नुन, आधा लिटरको एक सय ७५ प्याकेट खाने तेल र एक सय ७५ प्याकेट मसला रहेको कम्पनीले जानकारी दिएको छ। सस्ंथाका अनुसार रौतहटमा मात्र तीन लाख ९४ हजार आठ सय ३७ रूपैयाँ बराबरको खाद्य सामाग्री वितरण गरिएको हो।

सस्ंथाको ईटहरी शाखाको तर्फबाट पनि सप्तरी र केराबारी क्षेत्रका तीन सय १७ घरधुरीलाई पनि सात लाख ५५ हजार रूपैयाँ बराबरको खाद्य सामाग्री वितरण गरेको कम्पनीले जनाएको छ। सस्ंथाका अनुसार ईटहरी वडा नम्वर तीनका ७५ घरधुरीलाई भाँडाकुंडा, ईटहरी कै वडा नम्वर १७ र १९ का २७ परिवारलाई भाडाँकुडा र केराबारीका ५० परिवारलाई भाँडाकुंडा बितरण गरिएको हो भने सप्तरीको एक सय ६५ परिवारलाई खाद्य सामाग्री वितरण गरिएको हो। सस्ंथाले नेपालगञ्ज शाखाको तर्फबाट पनि बर्दियाका एक सय ३८ परिवारलाई तीन लाख २२ हजार चार सय ८५ रूपैयाँ बराबरको खाद्य सामाग्री वितरण गरिएको छ। सस्ंथाका अनुसार प्रति परिवार २० केजी चामल, तीन केजी दाल, दुई केजी चिउरा, दुई केजीचिनी, एक प्याकेट नुन, दुई लिटर खाने तेल र पानी समेत बितरण गरिएको हो। सिप्रदीयन सहायतासस्ंथा, सिप्रदी ट्रेडिङ प्रा.लि. को संस्थागत सामाजिक उत्तर दायित्व कार्यक्रम अन्र्तगत सञ्चालित छ।

प्रतिक्रिया दिनुहोस्