सिओलमा कमललाई कांस्य



 

काठमाडौं, (नेस)
नेपाली खेलाडी कमल भण्डारीले ५१औं एसियाली शारीरिक सुगठन प्रतियोगितामा बुधबार कांस्य जितेका छन्।

दक्षिण कोरियाको सिओलमा जारी प्रतियोगितामा कमलले पुरुष ५५ केजी तौलसमूहमा कांस्य जितेको नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका महासचिव राजन श्रेष्ठले जनाएका छन्।

कमल सहभागी स्पर्धामा ९ राष्ट्रका खेलाडी सहभागी थिए। माल्दिभ्स पहिलो र मंगोलिया दोस्रो भए।

प्रतिक्रिया दिनुहोस्