मुसहर बस्तीमा नेविसंघको राहत



 

नेपाल समाचारपत्र
रौतहट
नेपाल विद्यार्थी संघले बाढीपीडितका लागि राहत वितरण गरेको छ। बाढीबाट प्रभावित रौतहटको चन्दनपुरस्थित मुसहर बस्तीमा नेविसंघले राहत वितरण गरेको हो। नेविसंघ काभ्रेद्वारा संकलित झुल, त्रिपाल, चामल, चाउचाउलगायतको राहत सामग्री नेविसंघका उपाध्यक्ष रामप्रसाद अधिकारी, सह–महामन्त्री माधव ढकाल, केन्द्रीय सदस्य रत्नहरि ढुंगेल, नवराज देवकोटा, पूर्वकेन्द्रीय सदस्य सूर्यबहादुर थापालगायतको टोलीले विपन्न बस्तीमा राहत वितरण गरेको हो। केन्द्रीय सदस्य रत्नहरि ढुंगेलका अनुसार मुसहर बस्तीका १ सय ५० घरपरिवारलाई राहत तिवरण गरिएको छ।

प्रतिक्रिया दिनुहोस्