देउवा–मोदी मुखामुख



नेपाल समाचारपत्र, काठमाडौँ । पाँच दिने भारत भ्रमणका क्रममा नयाँ दिल्ली पुगेका प्रधानमन्त्री शेर बहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज साँझ भेटबार्ता भएको छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय सकमक्षी नरेन्द्र मोदीबीच आज बुधबार साँझ भेटवार्ता भएको हो ।

पाँच दिने भारत भ्रमणका क्रममा प्रधानमन्त्री देउवा दिउँसो नयाँदिल्ली पुगेका थिए । मोदीसँगको भेटअघि उनले दिल्लीस्थित नेपाली दूताबासमा पुगेर प्रवासी नेपालीहरुलाई सम्बोधन गरेका थिए ।

भारतीय प्रधानमन्त्री मोदीले नेपाली समकक्षी देउवालाई ‘वार्मअप’ मिटिङको प्रस्ताव गरे बमोजिम उनीहरु दुईबीच भेटवार्ता भएको हो । भेटमा आपसी सम्बन्ध र द्धिपक्षीय हितको विषयमा कुराकानी भएको बताइएको छ । भेट लगत्तै मोदीले आफ्नो ट्वीट मार्फत देउवालाइ स्वागत गर्दै विस्तृत कुराकानी भोलि हुने उल्लेख गरेका छन ।

 

प्रतिक्रिया दिनुहोस्