छतबाट खसेर बालकको मृत्यु



 

सुरुङ्गा (झापा), ७ भदौ । घरको छतबाट खसेर झापामा आज एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मेचीनगर नगरपालिका–१० खयरडाँगी निवासी टीकाराम रसालका दुई वर्षीय छोरा जोना रसाल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

छतमा खेल्ने क्रममा उनी भुइँमा खसेर गम्भीर घाइते भएको र उनको उपचारका क्रममा बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा मृत्यु भएको हो । रासस

प्रतिक्रिया दिनुहोस्