रौतहटको मुसहर बस्तीमा विद्यार्थी संघद्धारा राहत वितरण



नेपाल समाचारपत्र,रौतहट ।

नेपाल विद्यार्थी संघले बाढी पीडितहरुको लागि राहत वितरण गरेको छ । बाढीबाट प्रभावित रौतहटको चन्दनपुरस्थित मुसहर बस्तीमा नेविसंघले राहत वितरण गरेको हो ।
नेविसंघ काभ्रेद्धारा संकलित राहत सामाग्री झुल, त्रिपाल, चामल, चाउचाउ लगायतका राहत सामाग्री नेविसंघका उपाध्यक्ष रामप्रसाद अधिकारी, सह–महामन्त्री माधव ढकाल, केन्द्रीय सदस्य रत्नहरी ढुङगेल, नवराज देवकोटा, पूर्व केन्द्रीय सदस्य सूर्यबहादुर थापा लगायतको टोलीले विपन्न बस्तीमा राहत वितरण गरेको हो ।
केन्द्रीय सदस्य रत्नहरी ढुङगेलका अनुसार मुसहर बस्तीका १ सय ५० घरपरिवारलाई राहत तिवरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्